गीत संगीतसमाचारहेडलार्इन

पूर्वाञ्चल स्टारको फाइनलमा १० प्रतिस्पर्धी छानिए (भिडियो सहित)

[mashshare]

धरान,
पूर्वाञ्चल स्टारको फाईनलमा १० जना प्रतिस्पधी छानिएका छन् । धरानमा आयोजित ‘पूर्वाञ्चल सिङगीङ स्टार’ मा १० जना प्रतिस्पर्धी छनौटमा परेका हुन् । पूर्वाञ्चल बागिना कला केन्द्र धरानको आयोजनामा धरान (१२ स्थित होटल स्टार पूर्वीमा आयोजित प्रतियोगितामा २० जना प्रतियोगीबाट टप १० छनौटमा परेका हुन् । चौथो चरणको अडिसनबाट १० जना छनौटमा परेको हो ।


यही चैत्र अन्तिममा फाइनल प्रतियोगितामाा १० प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्ने आयोजक तथा संस्थापक अध्यक्ष भक्तिराज राईले जानकारी दिए । टप १० मा छनौंटमा परेका प्रतियोगिहरु ः भोजपुरकी बबिता गुरुङ, मोरङकी अनुष्का ढकाल, सुनसरीका सन्तोष लिम्बू, धनकुटाकी पवित्रा राई, सुनसरीकी निषा खपाङ्गी, कल्पना तामाङ र रिजन लोहनी छनौटमा परेका छन् । यस्तै, उदयपुरका अर्जुन राई, पाँचथरका अर्जुनन राई, धनकुटाकी अजुमा राई छनौटमा परेका छन् ।


प्रतियोगिताको निर्णायकमा गायक तथा संगीतकार विशाल राई र मनोज मोते थिए । बिजेताले नगद ५० हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, एक म्युजिक भिडियो तयार गर्ने अवसर र एकथान गिटार पाउनेछन् । यस्तै, एक वर्ष निःशुल्क संगीत सिक्ने अवसर प्राप्त गर्नेछन् । यसैगरी, दोस्रो र तेस्रोले क्रमशः नगद २५ हजार, १५ हजार रुपैयाँ सहित एउटा गीत रेकर्ड, ६ महिना र ३ महिना निःशुल्क संगीत सिक्ने अवसर र सबैले एकथान गिटार पाउनेछन् । विद्यागत पुरस्कारतर्फ वेष्ट भोकल, वेष्ट डिस्प्लिन, वेष्ट परफमेन्स र वेष्ट पब्लिक च्वाइस अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button