समाचारसूचना प्रबिधिस्थानीय

प्रेस चौतारीले श्रमजिवी पत्रकार र संचारगृहहरुको आर्थिक सवलताका लागि काम गर्नेलाई उम्मेद्वार बनाउने

धरान

प्रेस चौतारी नेपाल सुनसरीले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा श्रमजीवी पत्रकारको पक्षमा सदैव वकालत गर्ने साझा उम्मेदवार बनाउन सुनसरीका सबै संगठनहरुसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ ।


पेसागत हकहित र स्थानीय संचारगृहहरुको आर्थिक सवलताका लागि वकालत गर्ने साझा उम्मेद्वार खोजी गरि अगाडीबढ्ने निर्णय गरेको हो । आज धरानमा बसेको संगठनको ३१ औं बैठकले यस्तो निर्णय गरेको हो । बैकठले रिक्त रहेको पदमा नयाँ मनोनयनसमेत गरेको छ । संगठनको संयोजकमा सुनसरीका अग्रज पत्रकार प्रेम बास्तोलालाई मनोनयन गरेको छ । सह संयोजकमा योगेशवाबुकाफ्ले र सहसचिवमा पपु यादवलाई मनोनयन गरिएको संगठनका सचिव विकास चाम्लिङ राईले जानकारी दिए ।


कमिटीलाई पूर्णता दिदैं ३२ सदस्यीय समिटी बनेको सचिव राईले बताए । संगठनमा निष्कृय रहेकाहरुलाई विदाई गरेर नयाँ थपिएको हो । बैठकले संगठनका अग्रजहरु रहेको पत्रकार महासंघ निर्वाचन तयारी तथा अन्य संगठनसँग सहकार्यका लागि समिति समेत बनाएको संयोजक बास्तोलाले जानकारी दिए । समितिले पत्रकार महासंघमा संगठनको उपस्थिति र अन्य संगठनहरुसँग सहकार्यका लागि भूमिका निर्वाय गदैं श्रमजिवी पत्रकाहरुको हकहितका मुद्धा तय गर्न र कार्ययोजना निर्माण गर्ने जिम्मेवारी दिइएको संयोजक बास्तोलाले जानकारी दिए । बैठकमा संगठनका केन्द्रीय सदस्य देवेन्द्र कार्की पत्रकार महासंघ प्रदेश सदस्य तथा प्रेस चौतारीका नेता शशी कोइरा लायलगायतको उपस्थिति रहेको थियो ।


यसै विच संगठनले विज्ञप्ति जारी गरी नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रेस चौतारी नेपाल सुनसरीले आधिकारिक रुपमा कुनै पनि व्यक्तिलाई सुनसरीको नेतृत्वका लागि अगाडि नसारेको र छलफलको क्रममा रहेको स्पष्ट पारेको छ । प्रेस चौतारी नेपाल सुनसरी नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा श्रमजीवी पत्रकारको पक्षमा सदैव वकालत गर्ने साझा उम्मेदवारको घोषणाका लागि सबै पक्षधर सञ्चारसम्बद्ध संघ संगठनसँग निरन्तर सम्वाद र छलफलमा जुटिरहेको जनाएको छ । संगठनका संयोजक बास्तोला र सचिव विकास चाम्लिङ राईले विज्ञप्ति जारी गरी जिल्लाभरका सञ्चारकर्मीहरुलाई भ्रममा नपर्न अपिल समेत गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button