समाचारसमाजहेडलार्इन

प्रदेश १ मध्यराती आगलागी हुँदा बहुमुखी पाठशाला जलेर नष्ट, पैतिस लाख बढीको क्षति (भिडियो सहित)

धनकुटा
मध्यराती आगलागी हुँदा हाम्रो बहुमुखी पाठशालामा ३५ लाख बढीको क्षति भएको छ । धनकुटा नगरपालिका वडा नं.७ मदनचोकमा रहेको हाम्रो बहुमुखी पाठशालामा सोमबार मध्यराती विधुत् सर्ट भएर आगलागी भएको हो । विधुत् सर्ट भएर अचानक मध्यराती आगलागी हुँदा त्यहाँ रहेको सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् । आगोले घरपुर्ण रुपमा ध्वस्त बनाएको छ । आगलागीबाट ३५ लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


करिब रातको १–२ बजे समयमा बहुमुखी पाठशालामा रहेको क्यान्टिनबाट आगलागी शुरु भएको अनुमान गरिएको छ । आगो कसरी पाठाशालामा लाग्यो अनुशन्धान भईरहेको छ । आगो सल्किएसंगै ग्याँस सिलिण्डर पड्किएपछि आगलागी भएको स्थानियले थाहा पाएका थिए । स्थानीय प्रतक्ष्यदर्सी कन्चनजङ्गघा होटलका सञ्चालक गोरखबहादुर कट्वालले भने–‘आफू सुतिरहेको बेलामा अचानक ठूलो आवाज आयो, के भएछ भनेर बाहिर निस्किएर हेर्दा हाम्रो बहुमुखी पाठशालामा हुरहुरी आगो बलिरहेको थियो ।’ आफुले देख्ने वित्तिकै प्रहरी र दमकललाई फोन गरेको उनले बताए । उनले आगलागी भएको स्थलमा प्रहरी र दमकल ढिलो आएको गुनासो गरे ।

आगलागीबाट बहुमुखी पाठशालामा साउण्ड शिष्टम १० लाख, धनकुटा फिजिकल फिट्नेसले बहुमुखी पाठशालालाई प्रदान गरेको जिमका सामाग्री ८ लाख, फाईवरको टपरी बनाउने मेसिन ६ लाख बराबरको जलेर खरानी भएको छ । त्यसैगरी नृत्यको लागी कलाकारहरुले प्रयोग गर्ने विभिन्न जातजातिको गरगहाना, भेषाभुषा पनि जलेर नष्ट भएको छ । पाठशालमा रहेको जेनेरेटर, इन्भटर, हारमुनी–२ वटा, मादल, तवला, दराज–२, सोकेस–२ थान लगायत वाद्यवादनको विभिन्न सामाग्री जलेर नष्ट हुँदा साडे ३ लाख भन्दा वढी क्षति भएको पाठशालाका अध्यक्ष सरोज भुजेलले जानकारी दिए ।


त्यसैगरी क्याण्टिनमा रहेको भाडा, वर्तन, ग्याँस चुला–२ थान, सिलिण्डर ३ थान पडकिएको, फर्निचर, पाठशालाको हलमा नृत्यको लागी राखिएको ऐना, तातो पानी तताउने मेसिन, ह्याचेरी मेसिन १ लाख, ५० हजार वरावरको जलेर नष्ट भएको छ । बहुमुखी पाठशालाको क्यान्टिनको काउण्टर राखिएको नगद ४५ हजार समेत जलेर नष्ट भएको संचालक धना श्रेष्ठले बताईन्।् । ह्याचेरीमा जापानी वेल्डम जातको कुखुरा–४ वटा, बटाई ७५ वटा रहेको सवै जलेर नष्ट भएको धनाको श्रीमान सोभित श्रेष्ठले जानकारी दिए । उनले ३ वर्ष अघि सिएनवी धनकुटाले निर्माण गरेको घर ३ लाखमा खरिद गरेर बहुमुखी पाठशाला संचालन गदै आएका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button