
धरान
धरानका किसोरी तथा महिलाहरुले उत्पादन गरेका हस्तकला सामाग्री प्रर्दनशी गरिएको छ । धरान –१८ स्थित झुनाज फिटनेसमा महिलाहरु आफैले घरमा उत्पादन तथा तयार गरेका सामानहरुको १ दिने मिनी मेलामा बिक्री तथा प्रर्दशनी गरिएको हो ।
झुनाज फिटनेसको आफ्नै भवन परिसरमा आयोजित मिनि मेलामा धरानका विभिन्न वडाका किसोरी तथा महिलाहरुले विभिन्न उत्पादनहरु बिक्री तथा प्रर्दशनीमा राखेका छन् । स्टलमा किम्ची, ब्याग, हेरय बेल्ट, मण्डला हार्ट, शाक्य मय्जु पुचको खाजा स्टल, अनमोल स्वीट्सको चकलेटलगायत छन् ।
झुनाज फिटनेस एण्ड वेल्नेसकी प्रोपाइटर झुना मेवाहाङले आफ्ना सदस्यहरु अधिकाशं लेडिजहरु भएकाले घरमा उत्पादन तथा तयार गरिएका सामाग्रीहरुको बिक्री तथा प्रर्दशनी गरिएको बताईन् । १ दिने मिनि मेलामा प्राय सबै अनलाईन व्यापार व्यावसायमा जोडिएका किशोरी देखि महिलाहरुले स्टल राखेको मेवाहाङले जानकरी दिइन् । झुनाज फिटनेसका जेडिज सदस्यहरु केही न केही व्यापारमा संलग्न भएको थाह पाएपछि मेलाको आयोजना गरिएको बताईन् । कोरोना करका कारण मेला १ दिन बाहेक लगाउन नसकिएको मेवाहाङको भनाई छ ।
मेलामा धरान –१३ की आस्मा श्रेष्ठले सीप र सिर्जनाले पुराना बोतल, बोतलहरुमा मण्डलाको आकृति बनाएर प्रर्दनीमा राखेकी थिइन् । त्यही कुँदेकी छन् आस्माले नेवारी संस्कार, संस्कृति । प्रयोग गरिसकेपछि थन्किएका बोतल, कप र ग्लासहरुमा आर्ट गरेर प्रर्दन तथा बिक्री गर्ने गरेकी छिन् । उनले केही बोतलमा थोप्लाहरुको मण्डला छ । केहीमा फूलहरुको मण्डला र केहीमा विभिन्न आकृतिहरुको मण्डला बनाएकी देखिन्छ ।
प्रविधिको विकास संगै विभिन्न सामाजिक सञ्जालको प्रयोगद्वारा आफुले व्यवसायको प्रवद्र्धन गदै आएको आस्माले बताईन् । ईन्टरनेटको दुनियामा आफुले आफ्नो सीप र कलालाई सदुपयोग गर्न सके आर्थिक उपार्जनको माध्यम आस्माको भनाई छ ।
लकडाउनका कारण बाहिर निस्कने बाताबरण नभएपछि धरान –१४ की इशा लिम्बु पनि हस्तकला व्यवसाय बनेकी बताईन् । गत वर्ष धरान आदर्श कलेजबाट विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेकी इशा घरमा बसेको बेला इन्टरनेटमा रहेका विभिन्न सञ्जालहरुलाई प्रयोग गरी आफ्नो कला र सिर्जनालाई युट्युब, इन्स्टाग्राममा राखेर व्यवसाय अघि बढाएको बताईन् ।
‘आफ्नै हातले तयार गरेको कानमा लगाउने झुम्का, मुन्द्रा र यार्लिङहरुलाई सामाजिक सञ्जालमा प्रवद्र्धन गरे मैले बनाएको यार्लिङले अनलाइनमा मुल्य पायो,धेरैले साथीहरुले मेरोे प्रशंसा गरे । मलाई हौसला दिए मैले बनाएको सामाग्रीहरु किन्न मागे त्यसैले मैले मेरो कला र सिर्जनलाई प्रर्दनी र बिक्रीका लागि यस मेलामा ल्याएकी हुँ ’ इशाले भनिन् । १ दिने मेलामा २२ जना भन्दा बढी महिला उद्यमीहरु शनिबरा एकै ठाउँमा आफुले घरमा तयार गरेका बिभिन्न भेराइटी सामाग्रीहरुका साथ उपस्थित भएका थिए ।










