
काठमाण्डौं
खुकर िदेखाएर न्युरोडमा आईएमई लुटपाट गर्ने ४ जनालाई प्रशरीले पक्राउ गरेको छ । काठमाडौंको न्युरोडस्थित खिचापोखरीमा दिनदहाडै खुकुरी देखाएर ४ जनाले रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘आईएमई’ लुटेका थिए । धवार दिउँसो खिचापोखरी स्थित हेम मल्ल र गोरख चन्दले संचालन गरेको आईएमई लुटपाट भएको हो । लुटमा संलग्न ४ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ घर भएका २१ वर्षीय तिलक राउत, १८ वर्षीय दिपुन श्रेष्ठ, कालीकोट घर भएका १८ वर्षीय उमेश केसी र ललितपुर बस्ने नविन केसी रहेका छन् । तिलक र दिपुन नयाँ बानेश्वर स्थित दक्षिणकाली होस्टलमा बस्छन् । आरोपीलाई लुटपाट गरेको केही घण्टामै नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए ।
मध्यान्ह साढे ३ बजे आईएमईमा छिरेर उनीहरुले लुटपाट गरेका हुन् । प्रहरीले उनीहरुको साथबाट ५९ हजार ७ सय नगद बरामद गरेको छ । एसएसपी सिंहका अनुसार तिलक राउत नेतृत्वको समूहले सो आईएमई लुटेका हुन् । लुटेको १ लाख रुपैयाँ तिलकले दाङ जाने बसमा बुवालाई पठाएको प्रहरीलाई बताएका छन् ।
‘आइएमई संचालकले ६ लाख लुटेको दाबी गरेका छन्’ एसएसपी सिंहले भने–‘हामी थप अनुसन्धान गर्दै छौं ।’ लुटेको पैसाले उनीहरुले २५ हजार बराबरको सपिङ गरेको अनुसन्धानबाट खुलेको छ । आईएमई लुट्नेहरू लागु औषध प्रयोगकर्ता हुन् । लुटेको रकमबाट ७५ हजार लागुऔषध खरिद गर्न १ जना महिलालाई पैसा दिएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।