
धरान
धरान होलिडेजले रामनवमीको अवसरमा पाथिभरा दर्शन गराउने भएको छ । धरान होलिडेजले रामनवमीको अवसर पारेर पाथीभरा दर्शन गराउने सेवा सुचारु गर्न लागेको हो । रामनवमीको बेला ताप्लेजुङको पाथीभरामा दर्शनार्थीकोे भीड लाग्ने गर्दछ । धरान होलिडेजले एयर डायनेस्टीसँग मिलेर धरानबाट दर्शनार्र्थीहरुलाई हेलिकप्टरबाट पाथीभरा दर्शन गराउने भएको छ । यही बैशाख ५ गतेबाट सेवा शुरु गरिने होलिडेज प्रालिले बिहिबार (आज) पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
दर्शन गर्न जाने दर्शनार्थीबाट प्रतिव्यक्ति ३० हजार लिएर धरान होलिडेजले धरानबाट पाथीभरा मन्दिर पु¥याएर धरानसम्म ल्याउने व्यवस्था गरी हेलि प्याकेज घोषणा गरेको छ । पाथीभरा मन्दिर पु¥याएर धरान आइपुग्न करिब २ घण्टा लाग्ने अनुमान गरिएको छ भने दैनिक ३ देखि ५ फ्लाइटसम्म गर्न सकिने बताइएको छ ।
धरान होलिडेजले पाथीभरा लगायत खोटाङको हलेसी महादेव मन्दिर, संखुवासभाको गुफापोखरी लगायत माउण्टेन फ्लाइटका प्याकेज सार्वजनिक गरेको छ । पाथीभरा दर्शन गर्न सहकारी मार्फत मासिक २५ सयको किस्ताबन्दीको समेत व्यवस्था गरिएको धरान होलिडेजका सञ्चालक कुन्दन श्रेष्ठले जानकारी दिए । अशक्त र जेष्ठ नागरिकलाई १० प्रतिशत छुटको व्यस्था गरिएको सञ्चालक श्रेष्ठले बताए ।