अर्थ खबरसमाचार

भारु नोटसहित ५५ वर्षीय मिया विराटनगरमा पक्राऊ

[mashshare]

विराटनगर
भारु नोटसहित धरान –८ का ५५ वर्षीय मिया विराटनगरमा पक्राऊ परेका छन् । धरान ८ बस्ने ५५ वर्षीय नौसद मियालाई मोरङका प्रहरीले विराटनगरमा १ लाख भन्दा बढी भारतीय नोटसहित पक्राउ गरेको हो ।


मियालाई हिजो शनिबार साँझ करिब ५ बजे विराटनगर महानगरपालिका वडा नं १७ मटेरुवास्थित अस्थायी प्रहरी चौकीले पक्राउ गरेको थियो । उनलाई चेकजाँचको क्रममा भारतीय नोट ५ सय दरका २ सय ६ थान गरी कुल १ लाख ३ हजार रुपैया वरामद गरिएको प्रहरीले जनाएको छ । मियालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रानीमा पु¥याीएर थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button