शिक्षासमाचारस्थानीय

बिहिबार देखि धरानका विद्यालयहरु बन्द गर्ने बंैठकको निर्णय

धरान
बिहिबार देखि सुनसरी धरानको विद्यालयहरु बन्दा गर्ने बैंठकले निर्णय गरेको छ । सरोकारवाला पक्षसंग आज धरान उपमहानगरपाकिामा बसेको बैंठकले बिहिबार देखि पुर्णरुपमा विद्यालयहरु बन्द गरिने भएको हो । मंगलबार (आज) उपमहानगरपालिकामा बसेको सरोकारवाला पक्षसँगको बैठकले यस्तो निर्णय गरेको छ । कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले बैशाख भर विद्यालय बन्द गर्ने निर्णय गरेपछि धरानमा बैठक बसेर विद्यालय बन्दा गर्ने निर्णय गरेको हो ।


बैठकले भोली बुधबार विद्यार्थीहरुलाई बार्षिक परीक्षा र स्वास्थ्य सुरक्षा प्रोटोकलबारे जानकारी गराउन एक दिन विद्यालय लाग्न दिने निर्णय गरिएको शिक्षा महाशाख प्रमुख रत्न कटुवालले जानकारी दिए । उनका अनुसार बैशाख १४ गतेदेखि बार्षिक परीक्षा शुरु हुने र २४ गतेभित्र परीक्षा सक्ने निर्णय गरिएको छ ।


परीक्षा वैकल्पिक विधिबाट गर्ने निर्णय गरिएको एसिसि संयोजक राजेन्द्र गुरुङले जानकारी दिए । स्कुलको अवस्था र परिस्थिति अनुसार डबल सिफ्ट, भौतिक दुरी कायम गर्ने वा भर्चुअल विधिबाट भएपनि परीक्षा गर्ने निर्णय गरिएको उनको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button