समाचारस्वास्थ्यहेडलार्इन

धरानमा २० जना सहित प्रदेश १ मा १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

विराटनगर
धरानमा २० जना सहित प्रदेश १ मा १ सय ३ जनामा कोरोना पुष्टि भएको छ । धरानमा (आज) ७ महिला १३ पुरुष गरी २० जनामा कोरोना पुष्टि भएको हो । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार धरान १६ का ३२ वर्षीया १ जना महिला, धरान १५ का ४० वर्षीय पुरुष, ३० वर्षीया महिला र ३८ वर्षीय पुरुष गरी ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान १३ का ५४ वर्षीय पुरुष, ४० वर्षीय पुरुष र २७ वर्षीय पुरुष गरी ३ जनामा कोरोना पुष्टि भएको हो । यस्तै धरान ११ का ४५ वर्षीय पुरुष एक जना, धरान १८ का ३५ वर्षीया महिला, ४३ वर्षीय पुरुष र २३ वर्षीय पुरुष, २५ वर्षीय पुरुष गरी ४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै धरान ६ का १ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै धरान १ मा ८२ वर्षीया महिला, ४० वर्षीया महिला, ४५ वर्षीय पुरुष, १५ वर्षीय पुरुष र ५० वर्षीया महिला गरी ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसैगरी धरानको वडा नखुलेका ५७ वर्षीय१ पुरुष र २२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।


त्यस्तै आज प्रदेश १ भरी १ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार झापामा १६, मोरङमा ४९, सुनसरीमा २६, उदयपुरमा १, संखुवासभामा २, धनकुटामा २ जना र प्रदेश १ बाहिरका ७ जना गरी १ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button