राजनीतिसमाचारस्थानीय

नेपाली कांग्रेस धरानका उपसभापती महेन्द्र तामाङ सहित ३ जना पक्राउ

धरान
नेपाली कांग्रेस धरानका उपसभापति महेन्द्र तमाङ सहित ३ जना जालीनोट कारोबारी पक्राउ परको छन् । सुनसरी जिल्लको इनरुवा नगरपालिका ४ स्टार होटल अगाडीबाट जाली नोट सहित सुनसरी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


मंगलबार साँझ सभा ५ बजे जाली नोट सहित ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धरान १९ का ६६ वर्षीय टेक बहादुर तामाङ, हरिनगर २ का २४ वर्षीय नजिम साफी र धरान १७ का महेन्द्र तामाङ रहेका छन् । महेन्द्र तामाङ नेपाली कांग्रेस धरान नगर कार्यसमीतीका उपसभापती हुन् ।


जाली नोटको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले चेक गर्दा उनीहरूको साथबाट नेपाली जाली नोट १ हजार दरका ४ सय १५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जालीनोट सहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्बन्धी कसुर अन्तरगत मुद्दा दर्ता गराई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button