समाचारस्थानीयहेडलार्इन

न्यायदर्शन आमा समूहको पहिलो साधारण सभा सम्पन्न (भिडियो सहित)


धरान,
न्यायदर्शन आमा समूहको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । धरान उपमहानगरपालिका वार्ड नं. १४ मा अवस्थित आमा समूहले संचालन गरेको न्यायदर्शन आमा समूहको पहिलो साधारण सभा कार्यक्रम शनिबार (हिजो) सम्पन्न भएको हो । जन्म दिने आमा बुलालाई बृद्धा आश्रममा पु¥याउन नहुने धरान १४ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईले बताए । छोराछोरीले आमा बुबालाई पटक पटक विभिन्न शिर्षकमा बुद्दा लगाउने गरेपनि आमा बुबाले छोराछोरीलाई कहिलै मुद्दा लगाएको आफुले थाहाँ नपाएको बताउँदै जन्म दिने आमा बुबालाई बुढेसकालमा हेलाहिंसा गर्नु नहुने अध्यक्ष भट्टराईले साधारण सभा कार्यक्रमलाई सम्बोधन गदै भने ।

अशिक्षाका कारण आमाहरु चुलाचौकामा मात्र सिसित हुने गरेको संस्थाकी सदस्या लक्की गुरुङले बताईन् । आमाहरु चुलाचौकामा रहने भएकायाले भान्सामा बिहान बेलुका पकाउने बस्तुहरुको उत्पादन मिति र उत्पादन सकिने मिति पढ्न नजान्दा उत्पादनको मिति सकिएको खानेकुराले परिवार बिरामी हुने गरेको उनले बताईन् । न्यायदर्शन आमा समूहले बिषेशगरी चुलाचौकामा रहने आमाहरुलाई पौढ शिक्षा दिनु पर्ने संस्थाकी सदस्या गुरुङको भनाई थियो ।


आमा दिदीबहिनीहरुले न्यायका लागि न्यायदर्शन आमा समूह दर्ता गरेको संस्थाका व्यवस्थापक नारायण बस्नेतले बताए । संस्थामा आमाहरु मात्र भएकाले व्यवस्थापन गर्न केही समस्या भएको बस्नेतको भनाई छ । आमा दिदीबहिनीहरु चुलाचौकामा मात्र सिमित नभई पुरुष सरह अन्य सिप क्षेत्रमा पनि लाग्नु पर्ने संस्थाकी सदस्य देवी बस्नेतले बताईन् । विभिन्न सामजिक सञ्जालमा महिला दिदीबहिनीहरुले देखएको सिप मध्ये पुरुषले बजाउने पञ्चे बाजा समेत बजाउन थालेकाले त्यस्ता सिपप्रति सम्मान गदै सिप र सिर्जनामा लागे आर्थिक क्षेत्रमा समेत दिदीबहिनीलाई सहज हुने बस्नेतको सुझाब थियो ।


बृद्धा आमा बुबालाई सडक र बृद्धा आश्रममा पु¥याएर हेला हिंसा गर्ने जो कोहीलाई पनि राज्यले दण्ढित गर्नु पर्ने संस्थाकी अध्यक्ष झुमा धमलाले बताईन् । आमा दिदीबहिनी भनेको धर्तीको आधा भाग ओगट्ने शक्ति भएकाले समाजमा हेपिएर बस्नु नहुने अध्यक्ष धमलाको भनाई थियो । ‘आमाले ९ महिना कोखमा राखेर जन्म दिनु भएकोले आज हामी यो समाजमा छौ,अनि यो समाजमा भएका बिकृति विसंगती न्यूनिकरण गर्न यो न्यायदर्शन आमा समूह संस्था दर्ता गराएका हौं , दिदीबहिनी अझै हाम्रो मुलुकमा हेला हिंसा सहन बाध्य छन् । शहरको तुलनामा गाउँघरमा झन धेरै आमा दिदीबहिनीहरु अन्यायमा परेका छन् । जन्म दिने आमाबुलाई बृद्धा आश्रममा लगेर छाडिएको छ , कोही सडकमा अलपत्र पारिएका छन् । यदि कही कतै अशक्क्त,बेसाहरा बृद्धा,बृद्ध आमाबुबालाई फेला पार्नु भयो,वा भेट्नु भयो भने हामीलाई खबर गरीदिनुहोस न्यायदर्शन आमा समूहले उहाँहरुको उद्धारको पहल गर्नेछ हामी उहाँहरुलाई सहयोग गर्ने छौं ’ धमलाले सभा कार्यक्रम समापन गदै भनिन् ।


वार्षिक साधारण सभा कार्यक्रम संस्थाकी अध्यक्ष झुमा धमलाको अध्यक्षतामा सम्पन्न भएको थियो । सभा कार्यक्रममा १४ नम्बर वडाका वडाअध्यक्ष लगायत ,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रनिनिधि र संचारकर्मीको सहभागीता रहेको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button