समाचारस्थानीयस्वास्थ्य

जिल्ला प्रशासन कार्यालय सुनसरीमा नागरिकताको सेवा आलोपालो

इनरुवा
जिल्ला प्रशासन कार्यालय सुनसरीमा नागरिताको सेवा आलोपालो गरिने भएको छ । कोभिड महामारीको कारण भिड नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आजदेखि नागरिकताको सेवालाई आलोपालो प्रणाली लागु गर्ने भएको हो ।

जिल्ला प्रशासनले संक्रमणको जोखिम न्युनीकरणको लागि विभिन्न नगर तथा गाउँपालिकालाई आलोपालो प्रणालीमार्फत नयाँ नागरिकता तथा प्रतिलिपी सेवा लागु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलका अनुसार अत्यधिक भिड हुने गरेकोले संक्रमणको जोमिख न्युनीकरणको लागि आलोपालो सेवा लागु गरिएको हो ।


जिल्ला प्रशासनका अनुसार आइतबार धरान र इटहरी उपमहानगरको मात्र नागरिकता सेवाको काम हुनेछ भने सोमबार रामधुनी नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाको मात्र काम हुनेछ । मंगलबार बराहक्षेत्र नगरपालिका र हरिनगर गाउँपालिकाको काम हुनेछ भने बुधबार कोशी गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको काम हुनेछ भने बिहिबार दुहबी नरपालिकार गढी गाउँपालिकाको काम हुनेछ । यस्तै, शुक्रबार इनरुवा नगरपालिका र बर्जु गाउँपालिकाको मात्र काम हुने जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button