समाचारसमाजहेडलार्इन

काठमाण्डौ छाड्ने र भित्रिने बस नागढुंगामा जाममा फसे, बिहिबार बिहानदेखि काठमाण्डौंमा निषेधाज्ञा

[mashshare]

काठमाण्डौं
काठमाण्डौ छाड्ने र भित्रिने बस नागढुंगा जाममा फसेका छन् । विहिबार बिहान देखि काठमाण्डौंमा निषेधाज्ञा जारी भएसंगै काठमाण्डौंबाट घर फर्केने यात्रु लिएर बाहिर हिडेका बस र काठमाण्डौं भित्रिने बस नागढुंगामा जाममा फसेको हो । २ दिन अघि नै कोरोना संक्रमण बढेको भन्दै सरकारले निषेधाज्ञा घोषणा गरेको थियो । काठमाण्डौंमा निषेधाज्ञा जारी भएपछि धेरैले काठमाडौं उपत्यका छाडेका छन्।

मंगलबार र बुधबारसम्म कम्तीमा पनि दुई लाखले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए । उपत्यकाबाट निस्किने सवारीसाधन बढेपछि बिहीबार बिहानसम्म पनि नागढुंगामा जाम छ ।

अहिले जाम हटाउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईसमेत खटिएका छन्।् । अहिले एसएसपीसाब सहित ट्राफिक प्रहरीहरु खटिएका छौं एसपी अधिकारीले भने,ुहिजो गाडीको प्रेसर धेरै भयो । मालवाहक गाडीहरु पनि धेरै आए । त्यसै कारणले जाम भएको छ । केही सवारीसाधन पनि बिग्रिएका कारणले जाम भएको उनले बताए । नागढुंगामा भएको जाम एक घन्टा भित्र नै हट्ने उनले बताए ।

त्यसैगरी, काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्न ठाउँठाउँमा ट्राफिक प्रहरी तथा प्रहरी खटिएका छन्। । उपत्यकामा महाशाखाबाट १४ सय प्रहरी चेकिङका लागि खटाइएको एसपी अधिकारीले बताए । अनावश्यक बाहिर निस्किएका दुई सय बढी सवारीसाधनलाई कारबाही गरिएको महाशाखाले जनाएको छ । त्यस्ता सवारीसाधनलाई ट्राफिक प्रहरीले होल्डमा राख्ने गरेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button