
विराटनगर,
१ नम्बर प्रदेशमा आज ४ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरु मोरङमा २ सय ४२, सुनसरीमा ६९, झापामा ४४, ते¥हथुममा ५, संखुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ९८ महिला र १ सय २ जना पुरुष सहित २ सय जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुन्दरहरैचामा १६, बुढीगंगामा ६, बेलबारीमा ४, उर्लाबारीमा ३, रतुवामाई र सुनबर्षीमा २–२, धनपालथान, जहदा, कानेपोखरी, कटहरी, रंगेली, ग्रामथान, र पथरी शनिश्चरेमा १–१ छन् भने स्थानीय तह नखुलेका २ जनामा पनि कोरोना पुष्टि भएको छ ।
सुनसरीको इटहरीमा ३१, इनरुवामा १०, रामुधुनीमा ८, धरानमा ५, देवानगञ्जमा ४, बराहक्षेत्र र हरिनगरमा, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका २–२ जनामा संक्रमण देखिएको छ भने भोक्राहानरसिंह, बर्जु र गढीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरि, झापाका दमकमा २३, कमल गाउँपालिकमा ११, हल्दिबारीमा ३, भद्रपुर, मेचीनगर र स्थानीय तह नखुलेका २–२, कनकाईमा १ जना छन् । ते¥हथुमको म्याङलुङमा ५, संखुवासभाको खाँदबारीमा ४, उदयपुरको त्रियुगामा ३, इलामको इलाम नगरपालिका र माईजोगमाईमा १–१, खोटाङको हलेसी तुवाचुङ र धनकुटाको महालक्ष्मीमा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा कोरोना पुष्टि भएकोे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ३ सय ३४ जना पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ६५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २ हजार ७ सय ६९ रहेको छ । प्रदेश १ मा आज ९ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये १ सय ७० महिला र २ सय ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।