अर्थ खबरसमाचारहेडलार्इन

सुनसरीमा यात्रु बसलाई खान खुवाउने होटल मात्र खोल्न पाईने, अन्य होटल र रेस्टुरेन्ट खोल्न नपाइने निर्णय

इनरुवा,
सुनसरीमा अब देखि यात्रुलाई खाना खुवाउने होटल मात्र खोल्न पाईने निर्णय भएको छ । बास स्थल र खाना सुविधाका लागि मात्रै होटेल खोल्न पाइने, अरू होटेल रेस्टुरेन्ट खोल्न नपाइने आईतबार जिल्ला प्रशान सुनसरीको कार्यालयमा बसेको डिसिसिएमसीको बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा बसेको सो बैठकले अन्यत्र जिल्लाबाट कुनै काम विशेषले सुनसरी जिल्लामा आउने र यस जिल्ला हुँदै अन्यत्र जाने यात्रुहरूको सुविधालाई ध्यानमा राखी होटेल तथा रेस्टुरेन्ट बिहान ८ बजे देखि बेलुका ८ बजे सम्मका लागी खुला गरिएकोमा यस आदेशको अपव्याख्या गरी जथाभाबी पसलहरू खुला गरिएको पाइएकाले यस समितिको ध्यान आकृष्ट भएको भन्दै यस्तो निर्णय भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले सुचनामा उल्लेख गरेको छ ।

होटेल भन्नाले यात्रु बास स्थल र खाना सुविधा लजिङ फुडिङ भएको होटेल र रेस्टुरेन्ट भन्नाले राजमार्गको छेउछाउमा रहेका यात्रुलाई खाना खुवाउने रेस्टुरेन्ट मात्र बिहान ८ बजे देखी बेलुका ८ बजे सम्म खुल्ला गरिएको हुँदा र अन्य होटेल रेस्टुरेन्टको हकमा टेक अवे सर्भिस प्याकिङ सेवा दिने गरी बन्द गर्ने ब्यहोरा सूचित गरेको सुचनामा भनिएको छ ।

यस्तै आज बसेको बैठकले जिल्ला अस्पताल, सुनसरी (इनरुवा अस्पताल) मा अक्सिजन सुविधा सहितको २० बेड र १ वटा भेन्टिलेटर क्षमताको कोभिड अस्पताल सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button