समाचारस्वास्थ्यहेडलार्इन

सुनसरी जिल्ला मध्यराती देखि लकडाउन हुदै

इनरुवा ,
सुनसरी जिल्ला लकडाउन गर्ने जिल्ला प्रशासन कार्यालय सुनसरीले निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज मध्यरातीदेखि जिल्लाभर बन्दाबन्दी अर्थात (लकडाउन) गर्ने आदेश जारी गरेको छ ।

आज बसेको डिसिसिएमसि बैठक पछि प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आज राती (बैशाख २१ गते) १२ बजेदेखि बैशाख ३१ गते मध्यराती १२ बजेसम्मको लागि सुनसरी जिल्ला बन्दाबन्दीको आदेश जारी गरेका हुन् । यो अवधिमा औषधी, खाद्यबस्तु तथा अत्यावश्यक बस्तु वा सेवा खरिदबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन रोक लगाइएको छ । अत्यावश्यक सेवाहरुबाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरु पनि आजै रातीदेखि ३१ गते रातीसम्म जिल्लाभर पुर्णरुपमा रोक लगाइएको छ ।

खाद्यबस्तु, खाना पकाउने ग्याँस, तरकारी फलफुल, दुध डेरी, निर्माण सामग्रीलगायत अत्यावश्यक पसल व्यवसायहरु बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ भने डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र बिहान १० बजेसम्म खोल्न पाइनेछ । अन्य पसलहरु पुर्णरुपमा बन्द हुनेछ भने स्थानीय स्तरमा होम डेलिभरीको व्यवस्था मिलाउन सकिने जारी आदेशमा उल्लेख गरिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button