समाचारस्थानीयस्वास्थ्य

धरानको वीपी प्रतिष्ठानमा थप दुई संक्रमितको मृत्यु

धरान,
सुनसरी जिल्लाको धरानमा अवस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरका ७० वर्षीय पुरुष रहेका छन् । गत शुक्रबार १७ गते कोरोना परीक्षण गर्दा ती पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।


त्यस्तै धरान छाताचोक १२ निवासी एक पुरुषको मृत्यु भएको छ । फोक्सोको समस्या भएका दुई संक्रमितको आज दिउँसो मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ । उनीहरुको शव व्यवस्थापनको कार्य भइरहेको अस्पतालले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button