धनकुटा जिल्लामा आज मध्यराती देखि वैशाख ३१ सम्म निशेधाज्ञा आदेश जारी

धनकुटा,
धनकुटा जिल्लामा आज मध्यराती देखि वैशाख ३१ गते सम्म निषेधाज्ञा ओदश जारी गरिने भएको छ । कोरोना भाईरस तिव्र गतीमा फैलिदै गएकाले धनकुटा नगरपालिका क्षेत्रमा आज राती १२ बजे देखी बैसाख समान्त सम्म निशेधाज्ञा आदेश जारी गरिएको हो ।
जिल्ला क्रासिस मेनेजमेन्ट कमिटिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतामा आज बसेकोे बैठकले वैशाख ३१ गते सम्म धनकुटा नगरपालिका क्षेत्र बन्दाबन्दी गर्नेे निर्णय गरेको छ । बैठकले विहान ६ बजे देखी ९ बजे सम्म र साँझ ४ बजे देखी ६ बजे सम्म दैनिक उपभोग्य समाग्रीहरु र अत्यवाश्यक समाग्रीहरुको पसल खुल्ला रहने र अन्य सम्पूर्ण पसल तथा व्यावसायहरु बन्द गर्ने निर्णय गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।
निषेधाज्ञा आदेशको समयमा सम्पूर्ण व्यावसाय तथा पसलहरु निजि तथा सार्वजानिक भाडाकाका सवारी साधनहरु बन्द रहने तर दैनिक उपभोग्य तथा अत्यावाश्यक समाग्रीहरु ,फोहर बोक्ने,एम्बुलेन्स लगायतका साधनहरु संचालन हुने अध्यक्ष राईले बताए ।
जिल्ला प्रशासन कार्यालयले तोकेको समयमा आफुलाई चाहिने दैनिक उपभोग्य सामाग्रीहरु लगायत अत्यावाश्यक समाग्रीहरु विक्री वितरण तथा किनमेल गर्न व्यापारी तथा आम उपभोक्ताहरुलाई धनकुटा उद्योग बाणिज्य संघले अपिल गरेको वाणिज्य संघका अध्यक्ष राईले जानकारी गराए ।
दैनिक उपभोग्य तथा अत्यावाश्यक सामाग्रीहरु विक्री वितरण तथा खरिद गर्दा अनिवार्य माक्स लगाई समाजीक दुरी समेत कायम गरी सुरक्षित ढंगले खरिद विक्री गर्नु पर्ने समेत उद्योग वाणिज्य संघले अनुरोध गरेको अध्यक्ष राईको भनाई छ । धनकुटा नगरपालिका क्षेत्रमा हाल सम्म ४ दर्जन बढी मानिस कोरोना संक्रमित भईसकेका छन् ।