समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा सात सय ९१ जना कोरोना संक्रमित थपिए

विराटनगर,
१ नम्बर प्रदेशमा आज ७ सय ९१ जना कोरोना संक्रमित थपिएका छन् । अजा १ नम्बर प्रदेशमा १ हजार ७ सय ५१ जनाको पीसीआर परीक्षण गरिएकोमा ३ सय ३० महिला र ४ सय ६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा ३ सय ३७, झापामा १ सय ७८, सुनसरीमा १ सय ४५, ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११, उदयपुरमा ८, ते¥हथुममा ५, धनकुटा र पाँचथरमा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिर ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ हजार ९ सय २० पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार १ सय १३ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ७० जना पुगेको छ ।


मोरङको विराटनगरमा १ सय १७ महिला र १ सय ६६ पुरुष सहित २ सय ८३ जना थपिएका छन् । बुढीगंगामा १३, सुन्दरहरैचामा ९, बेलबारीमा ७, रंगेलीमा ६, कटहरीमा ५, केराबारीमा ३, धनपालथान, रतुवामाई र पथरीशनिश्चरेमा २–२, मिक्लाजुङ, ग्रामथान, उर्लाबारी, सुनबर्षी र स्थानीय तह नखुलेका १–१ जना छन् । यसैगरि, सुनसरीको धरानमा ५९, इटहरीमा ४३, देवानगञ्ज र दुहवीमा ९–९, बराहक्षेत्रमा ६, इनरुवा र कोशी गाउँपालिकामा ५–५, गढीमा ३, बर्जु र रामधुनीमा २–२, हरिनगर र भोक्राहानरसिंहमा १–१ जना छन् । झापाको दमकमा ५८, कमल गाउँपालिकामा २२, विर्तामोडमा २०, मेचीनगरमा १९, गौरीगञ्जमा १७, भद्रपुर र कनकाईमा १२–१२, शिवसताक्षीमा ६, बुद्धशान्ति र अर्जुनधारामा ४–४, गौरदहमा २, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १ जना छन् ।


ताप्लेजुङको फुङलिङमा ४९ जना, उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २, कटारी र बेलकामा १–१ , संखुवासभाको चैनपुरमा ७, खाँदबारीमा ५, मादी र स्थानीय तह नखुलेका १–१ जना छन् । इलाममा ८, चुलाचुलीमा २ र रोङमा १, ते¥हथुमको म्याङलुङमा ५, धनकुटाको छथर र शहिदभूमीमा १– १, पाँचथरको मिक्लाजुङ र फाल्गुनन्दमा १–१, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button