समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा आज सात सय २५ जना कोरोना सङ्क्रमित थपिए

विराटनगर,
प्रदेश १ मा आज ७ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका ७ सय २५ जना मध्ये सुनसरीमा मात्रै १ सय १२ जना संक्रमित थपिएका छन् । मोरङमा ३ सय ५७, झापामा १ सय ४९, उदयपुरमा १५, धनकुटामा १४, सङ्खुवासभामा १३, इलाममा ९, ताप्लेजुङमा ७, खोटाङमा ६, भोजपुर र तेह्रथुममा १(१ र प्रदेश १ बाहिरका ४१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १ सय ३२ महिला र १ सय ४३ पुरुष सहित २ सय ७५, सुन्दरहरैचामा १५, उर्लाबारीमा ११, बेलबारी र बुढीगंगामा ८,८, धनपालथान, पथरीशनिश्चरे र कटहरिमा ७,७, रतुवामाईमा ४, मिक्लाजुङमा ३, जहदा, ग्रामथान , सुनबर्षी र स्थानीय तह नखुलेका २(२, रङ्गेली, केराबारी, लेटाङ र कानेपोखरीमा १(१, झापाको बिर्तामोडमा २७, दमकमा २३, कनकाई र भद्रपुरमा २०,२०, गौरादहमा ९, कमल गाउँपालिकामा ७, अर्जुनधारामा ५, शिवसताक्षीमा २, गौरीगञ्जमा १, सुनसरीको इटहरीमा ५६, धरानमा ३२, इनरुवामा ९, दुहबीमा ७, देवानगञ्जमा ३, बर्जूमा २, बराहक्षेत्र, रामधुनी र कोसी गाउँपालिकामा १(१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै उदयपुरको त्रियुगामा १३, बेलका र चौदण्डी गढीमा १,१, धनकुटाको धनकुटा नगरपालिकामा १३ र स्थानीय तह नखुलेका १, सङ्खुवासभाको खाँदवारिमा ११, चैनपुर र स्थानीय तह नखुलेका १(१, इलामको इलाम नगरपालिकामा ६, सूर्योदयमा २ र चुलाचुलीमा १, ताप्लेजुङको फुङलिङमा ५ र पाथीभरा याङवरकमा २ , खोटाङको साकेलामा ६, भोजपुरको आमचोक र तेह्रथुमको आठराईमा १(१ र प्रदेश १ बाहिरका ४१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

१ नम्बर प्रदेशमा यो संगै कोरोना सङ्क्रमितको संख्या ३६ हजार ६ सय ४५ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३० हजार १ सय ६९ सङ्क्रमित निको भएर घर फर्केका छन् । सक्रिय सङ्क्रमितको संख्या ५ हजार ९ सय ३३ जना पुगेको छ । आज १ हजार ५ सय ९९ जनाले पीसीआर परीक्षण गराएका थिए । सो मध्ये ३ सय १३ महिला र ४ सय १२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button