
विराटनगर,
१ प्रदेशमा आज ९ सय ३७ जना कोरोना संक्रमित थपिएका छन्् । प्रदेश १ मा आज सम्मकै बढी संक्रमित थपिएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा ३ सय ९८, झापामा २ सय ६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ३८, तेह्रथुममा ३०, इलाममा ११, पाँचथरमा ६, खोटाङमा ४, संखुवासभामा ३, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
मोरङको विराटनगरमा १ सय २४ महिला र १ सय ७७ पुरुष सहित ३ सय १, सुन्दरहरैचामा ३५, कटहरिमा १३, उर्लाबारी र बुढीगंगामा ९–९, पथरीशनिश्चरेमा ८, बेलबारी र ग्रामथानमा ४–४, रङ्गेली, कानेपोखरी, केराबारी र मिक्लाजुङमा ३–३, धनपालथान, सुनबर्षी र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा ६३, बिर्तामोडमा ४२, दमकमा ३४, मेचीनगरमा २५, अर्जुनधारा र कनकाईमा २०–२०, बुद्धशान्तिमा १७, गौरादहमा १४, कचनकवलमा ८, कमल गाउँपालिकामा ७, बाह्रदशीमा ४, स्थानीय तह नखुलेका ३, स्थानीय हाल्दिबारी र झापा गाउँपालिकामा २–२, शिवसताक्षी र गौरीगञ्जमा १–१, सुनसरीको धरानमा २८, इटहरीमा २५, इनरुवामा १४, कोसी गाउँपालिकामा ४, दुहबी, भोक्राहानरसिंह र देवानगञ्ज ३–३, बराहक्षेत्र र स्थानीय तह नखुलेका २–२, गढी, हरिनगर र बर्जुमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरि उदयपुरको बेलकामा ४२, त्रियुगा र स्थानीय तह नखुलेका ३–३,चौदण्डीगढी र कटारी २–२, ताप्लेजुङको फुङलिङमा ३४, मेरिङदेन, मिक्वाखोला, सिदिङ्वा र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङ्लुङमा २८, मेन्छयायेम र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा २, देउमाई, रोङ र सूर्योदयमा १–१, पाँचथरको फालेलुङमा ५ र फिदिममा १, खोटाङको खोटेहाङमा ३ र स्थानीय तह नखुलेका १, संखुवासभा खाँदबारीमा २, पाँचखपनमा १, भोजपुरमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३८ हजार ९ सय २० पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ३ सय २ संक्रमणमुक्त भएर घर फर्केका छन् । प्रदेश १ मा आज १ हजार ९ सय ८२ जनाको पीसीआर परीक्षण गराएका थिए । परीक्षण गराएका मध्ये ३ सय ८७ महिला र ५ सय ५० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।