समाचारस्वास्थ्यहेडलार्इन

आज देशभर ९ हजार ४ सय बढी कोरोना संक्रमित थपिए,२ सय बढीको मृत्यु

काठमाण्डौं,

आज देशभर ९ हजार ४ सय ८३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४ सय ८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । यस्तै २ सय २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ जना पुगेको छ ।

यसअघि सोमबार देशभर ९ हजार २ सय ७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १ सय ३९ जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५ सय ९६ जना र एन्टिजेन विधिबाट ७ सय २० जनाको परीक्षण गर्दा ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो ।


यस्तै, २४ घण्टामा ५ हजार २ सय २५ जनाले कोरोना जितेर घर फर्केका छन् । योसंगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १ सय ११ जना पुगेको छ भने निको हुनेको संख्या ३ लाख १२ हजार १९ जना रहेको छ । हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button