समाचारसमाजस्थानीयहेडलार्इन

दिव्य रोशनीले धरानमा रहेका बालआश्रमका बालबालिकाहरुसंँग वार्षिक उत्सव मनायो

धरान
दिव्य रोशनीले धरानमा रहेका बालआश्रमका बालबालिकाहरुसंग वार्षिक उत्सव मनाएको छ । धरानबाट श्रमजिवी पत्रकार महिलाद्धारा सम्पादित तथा प्रकाशित हुँदै आएको दिव्य रोशनी साप्ताहिले १७ औं वर्ष प्रवेशको अवसरमा आफ्नो वार्षिकउत्सव बालआश्रमका बालबालिाहरुसंँग मनाएको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण लक डाउन भएको बेला दिव्य रोशनी साप्ताहिक पत्रिकाले सामाजिक सुरक्षालाई ध्यानमा राख्दै बालआश्रममा पत्रिकाको १७ औं स्थापना दिवस मनाएको छ ।


यस्तै, दिव्य रोशनी अनलाईन संस्करणको पहिलो वार्षिकउत्सवको अवसरमा कोरोना महामारीको अवस्थामा अग्रभागमा रही रिपोर्टिङ गर्ने धरानका संचारकर्र्मीहरुलाई को.एन. ९५ मास्क समेत वितरण गरेको छ । दिव्य रोशनीका प्रबन्ध निर्देशक सागर सिंजालीले कोरोना महामारीका बेला जनतालाई सूचना प्रवाह गरिरहेका संचारकर्र्मीहरुको स्वास्थ्यमा सहजताका लागि भरपर्दो के.एन. ९५ मास्क वितरण गरिएको बताए ।


कार्यक्रममा पत्रिकाका सम्पादक तथा प्रकाशक मनिता चाम्लिङले अहिले विश्व नै कोरोना भाईरसको संक्रमणले गर्दा लक डाउनको अवस्थामा रहेको बेला धरान ३ स्थित सरस्वती बाल आश्रमका बालबालिकाहरुलाई बिहानको खाना खुवाई वार्षिकउत्सव मनाएको बताईन्। सम्पादक चाम्लिङले सहयोगीदाताहरुबाट संचालन हुँदैआएको बालआश्रमलाई लक डाउनको बेला समस्य पर्ने हुँदा सबैले सहयोग गर्नुपर्ने समेत बताईन्।


‘हामी सूचना प्रवाह संगै सामजिक कार्यमा पनि केही गरौ भन्ने सोचले पत्रकारिता गदै आएका हौं,त्यसैले पत्रिकाले वर्षभरी कमाएको आम्दामीको केही हिस्सा सामाजिक कार्यमा खर्च गछौं । समाजमा संचालन भईरहेका संघ संस्थाले आम्दानी गरेको आम्दानीबाट सामजिक कार्यमा पनि लगानी गर्नु पर्छ भन्ने मान्यता अनुरुप दिव्य रोशनी साप्तहिक पत्रिकाले हरेक वर्ष आफ्नो स्थापना दिनको अवसरमा केही सहयोग गदै आएका थियौ., यस वर्ष कोरोनाको माहामारीका कारण सामाजिक सुरक्षालाई ध्यान दिदै विभिन्न कारणले असाहय बनेका अनाथबालआश्रमका २९ जना बालबालिकालाई दिया खाना खुवाएका हौ ’ पत्रिका प्रकाशक तथा सम्पादक चाम्लिङले बताईन् । बाल आश्रममा २९ जना बालबालिकाहरु आश्रीत रहेका छन्।् । उनीहरु नर्सरीदेखी बिबिएस सम्म अध्ययनरत छन्।


आश्रमका अध्यक्ष दान बहादुर राईले लक डाउनको समयमा पनि दिब्य रोशनी पत्रिकाले सम्झेर आश्रमका बालबालिकाहरु प्रति गरेको सहयोगको प्रशंसा गरे । उनले सबैको सहयोगले नै आश्रम चलिरहेको बताउँदै आश्रमलाई सहयोगी दाताहरुको सदैव खाँचो पर्ने बताए ।
विगतका वर्षहरुमा दिव्य रोशनी साप्ताहिक पत्रिकाले आफ्नो स्थापना दिवस भव्य रुपमा मनाउँदै आएको थियो । पत्रिकाको वार्षिकउत्सवमा धरानलाई कार्यक्षेत्र बनाई कार्यरत संचारकर्र्मीहरुलाई पत्रिकाका सम्पादक तथा प्रकाशक मनिता चाम्लिङका दिवंगत बुवा ब्रिटिश क्वीन गोर्खा ईञ्जिनियरिङ सार्जन्ट स्वः प्रभुराम राईको स्मृितमा २ जना पत्रकारलाई प्रदान गरिंदै आएको जनही पुरस्कार ५ हजार ५ सय ५५ रुपैयाँ सहितको सामाजिक पत्रकारिता सम्मान र सम्पादक चाम्लिङका दिवंगत कान्छा दाजु स्व।बाजुन राईको स्मृतिमा प्रदान गरिंदै आएको युवा सृजनशिल पत्रकारिता सम्मान ५ हजार ५ सय ५५ रुपैयाँको राशीबाट १ जनालाई सम्मान गर्दै आईरहेको थियो । यस्तै, हरेक वर्ष २ जना समाजसेवीलाई अभिनन्दन समेत गर्दै आएको थियो ।


दिव्य रोशनी साप्ताहिकबाट हालसम्म सम्मानित भैसकेका धरानका संचारकर्मीहरुः


दिव्य रोशनीले धरानलाई कार्यक्षेत्र बनाउँदै आएका पत्रकारहरु भवानी बराल, गोपाल देवान, महेश श्रेष्ठ, गिरीराज आचार्य, हर्ष सुब्बा, केशव घिमिरे, जनकऋषी राई, रोहित राई, रणध्वज लोहार, दिनेश विश्वकर्मा, गोविन्द बस्नेत, गमबहादुर लम्जेल, भरतराज शर्मा, रत्न प्रसाद आचार्य, तारा लामगादे, गंगा बराल, सिता मादेम्बा, निलिफा सुब्बा, सुम्निमा चाम्लिङ, रिता मोक्तान, लक्ष्मी दर्नाल, जमुना श्रेष्ठ सम्मानित भईसकेका छन्। उनीहरुलाई सम्पादक चाम्लिङका स्व। बुवा र स्व।कान्छा दाजुको नाममा स्थापना गरिएको सम्मानद्वारा सम्मानित गरिएको थियोे।
यसैगरी समाजका अगुवा व्यक्तित्वहरु शरला कायस्थ, किशोर कुमार कार्की, जय श्रेष्ठ “शान्ति”, भिष्मा चेम्जोङ, हर्षु राई, पूर्ण बहादुर गुरुङ, अकल बहादुर मेन्याङ्वो, मिना पुलामी, विद्या शाक्य, राजिव हलवाई, मधु स्थापित र सबिता राईलाई अभिनन्दन समेत गरिसकेको सम्पादक चाम्लिङले बताईन्।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button