
काठमाण्डौं.
आज नेपालमा २ सय ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ८ हजार ५ सय २० जना कोरोना संक्रमित थपिएका छन् । २१ हजार ४ सय ७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार ५ सय २० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ ।
त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३ सय ३६ रहेको स्वास्थ्य छ । यही अवधिमा ६ हजार १३५ जना निको भएका छन् । नेपालमा संक्रमितमध्ये ३ लाख २७ हजार ६ सय ५३ निको भएर घर फर्केका छन् । नेपालमा अहिलेसम्म कोभिड–१९ को संक्रमणबाट ४ हजार ६ सय ६९ जनाको मृत्यु भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।