समाचारस्थानीयस्वास्थ्यहेडलार्इन

धरानमा लकडाउन कडा बन्यो, अनावश्यकरुपमा पैदल हिँडडुल गर्ने प्रहरीको नियन्त्रणमा

[mashshare]

धरान,
आज देखि धरानमा लकडाउन कडा बनाईएको छ । मर्निङवाक गर्न अनावश्यक बाहिर हिँडडुल गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । कोरोना सङ्क्रमण अत्यन्तै समुदाय स्तरमा बढेकोले जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको पुर्णनिषेधाज्ञा तथा लकडाउन धरानमा कडा पारिएको हो ।


आज बिहानै धरान १४ विजयपुर क्षेत्रमा अनवश्यकरुपमा हिँडडुल गर्ने र मर्निङवाक गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएर विजयपुर चौकमा होल्ड गराएका थिए । अरू दिनको तुलनामा आज बिहानै धरान बजारको मुख्य सडक सुनसान देखिएका थिए ।

धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालयले लकडाउन कडा पार्ने भन्दै माइकिङ गर्नुका साथै आज धरानमा साबिकको भन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

अरू दिनको तुलनामा आज धरानमा प्रहरी जनशक्ति बढी परिचालन गरिएसंगै बिहान धरान बजार सुनसान देखिएको थियो । दोस्रो पटक थपिएको यो लकडाउन १५ दिन सम्म कडाइका साथ लागु गरेर कोरोना संक्रमणदरलाई कम गराउने स्थानीय सरकारको रणनीति रहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button