समाचारस्वास्थ्यहेडलार्इन

उपचारमा ढिलाइ गरेको भन्दै अस्पतालका चिकित्सक तथा कर्मचारीलाई चुटपिट

विराटनगर,
उपचारमा ढिलाई गरेको भन्दै अस्पतालका चिकित्सक र कर्मचारीलाई विरामीका आफ्न्तले चुटपिट गरेका छन् । आफन्तको उपचारको लागि अस्पताल आएका युवाहरूले विराट शिक्षण अस्पतालका चिकित्सक तथा कर्मचारीलाई चुटपिट गरेका हो । सोमबार साँझ उपचारमा ल्याइएकी मोरङको बुढी गङ्गा गाउँपालिकाकी ७३ वर्षीया गोमादेवी श्रेष्ठको उपचारमा ढिलाइ गरेको भन्दै एक समूहले आक्रमण गरेको छन् ।

आक्रमणमा संलग्न समूहले अस्पतालका सुरक्षा गार्डसँग पनि विवाद गरेको प्रहरीको भनाइ छ । आकस्मिक कक्षमा छिरेको समूहले दुर्घटनाका गम्भीर घाइतेको उपचारमा रहेका चिकित्सकमाथि आक्रमण गरेको हो । मधुमेहको पुरानै समस्या रहेकी वृद्धालाई स्वास्थ्य उपचारको लागी अस्पताल पु¥याइएको थियो ।


जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार घटनामा संलग्न निश्चल श्रेष्ठ र अनिल श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । रातको समयमा होहल्ला गर्ने र चिकित्सक माथी नै आक्रमण गर्ने माथी कानुनी कारबाही अगाडी बढाइएको उपरीक्षक राईले जानकारी दिए । घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने भन्दै खोजी कार्य तीव्र पारिएको उनले बताए । आफूहरूले डाक्टरलाई बारम्बार भन्दा पनि डाक्टरले बेवास्ता गरेको युवाहरूको आरोप छ ।

अस्पतालका एक कर्मचारी सुनील देवका अनुसार आकस्मिक कक्षमा छिरेर डाक्टर सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि आक्रमण भएको थियो । कोशी राजमार्गमा भएको दुर्घटनाको बिरामीलाई उपचार गराउँदा केही समय ढिला भएको र त्यही बेला एउटा समूहले लगातार कुटपिट र आक्रमण गरेको उनले बताए । सामन्य अवस्थाकी वृद्धाको उपचारमा ५ मिनेट जति ढिलो हुँदा चिकित्सक र स्वास्थ्यकर्मीले आक्रमणको सामना गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ ।

अस्पतालले बिरामीको उपचारमा अहोरात्र खटिनेहरूमाथि आक्रमण गरिएको घटनामा संलग्न सबैलाई कडा कारबाहीको माग गरेको छ ।आक्रमणबाट डाक्टर रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको देवले जानकारी दिएका छन् । घाइते अवस्थाका दुवै जनाको सोही अस्पतालमै उपचार भइरहेको बताईएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button