समाचारसमाजहेडलार्इन

धारिालो हतियार प्रहार गरी सुतेकै ठाउँमा विष्णु ऋषिदेवको हत्या, एक जना पक्राउ

विराटनगर,
धारिलो हतियार प्रहार गरी सुतेकै ठाउँमा विष्णु ऋषिदेवको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका –३ स्थित लोचनीमा आज बिहान १ जना व्यक्तिको हत्या भएको छ । बिहान करिब ६ बजे स्थानीय ४० वर्षीय विष्णु ऋषिदेवको धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकलाई घाँटीमा हतियार प्रहार भएको थियो । घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेलबारीको टोली अनुसन्धानमा खटिएको थियो । प्रहरी टोलीले ऋषिदेव हत्यामा संलग्न भएको आरोपमा स्थानीय २३ वर्षीय पुजन राईलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक मानबहादुर राईका अनुसार पक्राउ परेका राईले फलामको बामफोक(दाउ)ले ऋषिदेवको घाँटीमा प्रहार गरी मारेको खुलेको छ । उनलाई बिहान ८ बजे नै उनको घरबाट पक्राउ गरेको पनि नायव उपरिक्षक राईले जानकारी दिए । हत्यामा प्रयोग गरिएको दाउ राईको घरमा भएको भान्सा कोठाबाट वरामद गरिएको प्रहरीले जनाएको छ ।

डिएसपी राईका अनुसार मृतक ऋषिदेवको घरमा सुतेकै अवस्थामा हत्या भएको थियो । अभियुक्त राईसँग पुरानो कुनै रिसइबी नदेखिएको पनि उनले बताए । ुअभियुक्त एकदमै सनकीपन भएको मान्छे हो भन्ने अहिलेसम्मको अनुसन्धानबाट खुलेको छ, अझै पनि अनुसन्धानकै क्रममा छ, उनले भने । पक्राउ परेका राईलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button