
विराटनगर
धरानमा ६३ जना सहित १ नम्बर प्रदेशमा आज १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन् ं। पछिल्लो २४ घण्टामा १ हजार ३९ जना कोरोना संक्रमित थपिएको हो । जम्मा २ हजार ५ सय ८६ जनाको पीसीआर परीक्षण गरिएकोमा ४ सय २४ महिला र ६ सय १५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ८२ महिला र ७१ पुरुष सहित १५३, रंगेलीमा ४२, सुन्दरहरैचामा ३७, रतुवामाईमा २२, उर्लाबारीमा १९, बेलबारीमा ११, पथरीशनिश्चरे र कानेपोखरीमा १०–१०, बुढीगंगामा ७, ग्रामथान र कटहरीमा ४–४, जहदामा ३, मिक्लाजुङ र सुनबर्षीमा २–२, धनपालथान, केराबारी, लेटाङ र स्थानीय तह नखुलेका १–१ छन् । झापाको विर्तामोडमा ४४, भद्रपुरमा ४३, दमकमा ३४, अर्जुनधारा र मेचीनगरमा २५–२५, कनकाईमा १८, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १०–१०, बुद्धशान्तिमा ९, हल्दिबारीमा ७, शिवसताक्षी र कचनकवलमा ५–५, बा¥हदशीमा ३, गौरादह र झापा गाउँपालिकामा २–२ जना छन् ।
यता, सुनसरीको धरानमा ६३, इटहरीमा ३७, देवानगञ्जमा २३, इनरुवामा १९, दुहवीमा १०, रामधुनीमा ७, बराहक्षेत्रमा ४, गढी र बर्जुमा ३–३, हरिनगर र कोशी गाउँपालिकामा २–२ र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यसैगरि इलामको इलाम नगरपाकिलामा २१, मोइजोगमाईमा १५, रोङमा १३, सुर्योदयमा १० र स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ४३, पाथीभरा याङवरकमा ७, स्थानीय तह नखुलेका १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ३२, पाँचथरको फिदिममा २४, हिलिहाङ र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यसैगरी ते¥हथुमको म्याङलुङमा २५, आठराईमा २, धनकुटाको धनकुटा नगरपालिकामा ९, शहिदभूमी, पाख्रीवास, छथर र स्थानीय तह नखुलेका १–१, संखुवासभाको चैनपुरमा ७ र खाँदबारीमा २, उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिका, साल्पासिलिछो र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको सामजिक मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा ३ सय ३०, झापामा २ सय ४२, सुनसरीमा १ सय ७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२, पाँचथरमा २६, ते¥हथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा ७, भोजपुरमा ३ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको छ । हालसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४९ हजार ५ सय ८० पुगेको छ । संक्रमित भएका मध्ये ३२ हजार ९ जना संक्रमणमुक्त भएर घर फर्केका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ३६ पुगेको छ ।