
धरान,
राष्ट्रपति र प्रधानमन्त्रीले असंबैधानिक रुपमा संसद विघटन गरेको भन्दै धरानमा सांकेतिक प्रर्दशन गरिएको छ । नेकपा माओवादी केन्द्रले राष्ट्रपति र प्रधानमन्त्रीको असंबैधानिक संसद विघटन प्रतिगमन विरुद्ध धरानमा सांकेतिक प्रदर्शन गरेको हो । उनीहरुले संविधानको मर्मविपरित प्रधानमन्त्रीले राष्ट्रपतिलाई प्रतिनिधि सभा विघटनको लागि सिफारिस गरेको र राष्ट्रपतिले गएराति अनुमोदन गरेकोमा बिरोध गरेका छन् ।
माओवादी केन्द्र धरान नगर अध्यक्ष फोक्हाङ सुब्बा (चोल्तुङको) नेतृत्वमा शनिबार बेलुकी भानुचौकमा सांकेतिक विरोध प्रदर्शन गरिएको छ । ‘प्रतिगमन मुर्दावाद, भारतीय दलाल मुर्दावाद, प्रधानमन्त्री र राष्ट्रपति गठबन्धन मुर्दावाद, संघीय गणतन्त्र रक्षा गरौं’ जस्ता नारा लेखी माओवादी कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । कोभिड–१९ का कारण जारी निषेधाज्ञाका कारण सांकेतिक रुपमा प्रदर्शन गरिएको माओवादी धरान नगर कमिटी अध्यक्ष फोकाहाङ सुब्बा (चोत्लुङले) जानकारी दिए ।
‘असंबैधानिक संसद बिघटन तत्काल नसचिए थप शसक्त आन्दोलन घोषणा गछौं , यो दोस्रो पटक गरिएको असंधानिक संसद विघटन हो । यो नेपाली जनतालाई स्वीकार्य छैन हाम्रो पाटीले यो स्वीकार गर्न सक्दैन प्रधानमन्त्री र राष्ट्रपतिले भारतीय शक्तिको आडमा संसद विघटन गरेको हो । यो नेपाली जनतालाई स्वीकार्य हुदैन । प्रतिनिधि सभा विघटनको निर्णय तत्काल खारेज नगरे हामी सडक बाटै सदन सुचारु गछौं ’ नगर इन्चार्ज चोत्लुङले कार्यक्रमलाई सम्बोधन गदै भने ।
सांकेतिक प्रदर्शन कार्यक्रममा अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पसका संयोजक रविन श्रेष्ठ, बरिष्ठ पत्रकार भवानी बराल , धरान ३ वडाको वडा पाटी वडा सचिव मिङ्मा भोटे तथा माओवादी धरान नगर कमिटीका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
