राजनीतिसमाचारहेडलार्इन

धरानमा लकडाउनकै बिच संसद विघटन बिरुद्ध विरोध प्रदर्शन

धरान,
सुनसरीको धरानमा संसद विघटनको विरुद्धमा विपक्षी दलहरुले संयुक्तरुपमा विरोध प्रदर्शन गरेका छन् । संसद विघटन असंवैधानिक भएको भन्दै विपक्षी पाटी नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जनता समाजवादी पाटी र संघीय लिम्बुवान परिषद्ले संयुक्तरुपमा विरोध पदर्शन गरेको हो । लकडाउन भएकाले प्रदर्शनको बेला ब्यापक प्रहरी परिचालित थिए । धरान ७ शान्तिपथमा रहेको जनता समाजवादी पाटी कार्यालयबाट संयुक्तरुपमा निकालिएको ¥याली भानुचोक पुगेर कोणसधामा परिणत भएको थियो । कोरोना संक्रमित बढेको भन्दै सर्वसाधारणलाई घरभित्र राखेर राजनिति दलका नेता तथा कार्यकर्ताहरुले विरोध पदर्शन गरेका छन् ।


संसद् विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विरोध प्रदर्शन आयोजना गरिएको माओवादी केन्द्रका धरान संयोजक फोकाहाङ सुब्बा (चोत्लुङले) बताए । ‘संविधानमाथि पटक पटक प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः संविधान मिचेको हुनाले यसरी हामीहरु सडकमा आउन बाध्य भएका हौं’े नेता चोत्लुङले भने । त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सचिव सुजेन्द्र गोलेले सत्ता र शक्तिको चलखेलले बेमौसममा संसदलाई भंग गरिनु अलोकतान्त्रिक, असंवधानिक र प्रतिगामी कदम भएको बताए ।
माओवादी केन्द्रका सुदर्शन श्रेष्ठले जनतालाई राहत, अक्सिजन र कोभिड खोपको व्यवस्था गर्दै जनतालाई राहत दिनुपर्नेमा सत्ताको दुरुपयोग गर्दै प्रतिगामी कदम चाल्ने सरकारविरुद्ध दिनहुँजसो आन्दोलनका कार्यक्रम ल्याइरहने बताए । हिजो शनिबार र आइतबार (आज) विरोधका कार्यक्रम भएको र दिनहुँजसो फरक किसिमका विरोधका कार्यक्रम गरीरहने श्रेष्ठले बताए ।


‘संसद विघटन गर्ने असंवैधानिक कदम खारेज गर, असंवैधानिक कदम मुर्दावाद, प्रधानमन्त्री, राष्ट्रपति गठबन्धन मुर्दावाद ’जस्ता नारा र प्लेकार्डसहित विपक्षी दलका नेता तथा कार्यकर्ताहरुले भानुचोकमा विरोध पदर्शन गरेका छन् । संसद विवघटन असंवैधानिक भएकाले संसद पुनस्थापना गर्नुपर्ने उनीहरुले माग गरेका छन् । जनताले स्पष्ट बहुमत दिएर पाँच वर्षका लागि सरकार सञ्चालन गर्ने म्याण्डेट दिँदा दिँदै सनकका भरमा संसद विघटन गर्नु जनमतको गम्भीर अवमूल्यन भएको विपक्षी दलका नेताहरुको भनाई छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button