
काठमाण्डौं
बालुवाटारमा एमाले स्थायी समिति बैठक चलीरहेको छ । सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बसिरहेको स्रोतले जनाएको हो । स्थायी बैठकले काँग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनःस्थापनाको पक्षमा हस्ताक्षर गर्ने माधव नेपाल पक्षका सांसदहरूलाई कारबाही गर्ने तयारी गरेको बुझिएको छ ।
यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो । उक्त बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
स्पष्टीकरणको म्याद आजै बिहान सकिएको छ । तर माधव नेपाल पक्षले स्पष्टिकरण दिएका छैनन । आजको बैठकमा शुक्रबार स्पष्टिकरण सोधेका ११ जनामाथि थप कारवाही र बाँकी हस्ताक्षर गर्नेहरूबारे पनि कारवाही गर्ने तयारी भईरहेको एमालेका एक नेताले जानकारी दिए ।