राजनीतिसमाचारस्थानीयहेडलार्इन

बीपी प्रतिष्ठानका भ्रष्टाचार र धरानमा देखिएका महँगी रोकौं भन्दै मेयरलाई ज्ञापनपत्र (भिडियो सहित)

धरान
बीपी प्रतिष्ठानमा भएको भ्रष्टाचार र धरानमा देखिएका महँगी रोकौं भन्दै राजनीतिक दलहरुले मेयरलाई ज्ञापनपत्र बुझाएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने गरेको लापरवाही र भ्रष्टाचार त्यस्तै दैनिक उपभोग्य सामग्रीको मुल्या अत्याधिक बृद्धिलाई रोक्न स्थानीय सरकारको पहल रहोस भन्दै मंगलबार धरानका मेयर तिलक राई लाई भेटेर धरानका राजनीतिक दलहरुले ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै मेयर राईले बीपी प्रतिष्ठानले लापरवाही गरेको जनगुनासो बढ्दै गएको बताए ।

स्थानीय सरकारले प्रतिष्ठानका पदाधिकारीहरुलाई फोन गर्दा फोन रिसिभ नगर्ने र प्रतिष्ठानका तल्लो तहका कर्मचारीसँग मात्रै कुराकानी हुने गरेको मेयर राईले जानकारी दिए । ‘बीपी प्रतिष्ठानसँग हाम्रो समन्वयमा काम पनि भइरहेको छ, तर उपकुलपति, डाइरेक्टर, प्रशासन प्रमुख हाम्रो सम्पर्कमा हुनुहुन्न’ मेयर राईले ज्ञापनपत्र बुझ्दै भने । ‘प्रतिष्ठानका पदाधिकारीहरुसंग समन्वय गर्न खोज्दा हाम्रो उठाउदैनन् फोन नउठाएपछि एसएमएस गर्दा पनि त्यसको जवाफ पठाउदैनन्, हामीले त्यहाँका चिकित्सकहरु र तल्लो तहको कर्मचारीहरुसँग कुराकानी गर्ने बाध्यता छौ’ मेयर राईले सुनाए ।


कोरोनाको महामारीमा कोभिड अस्पतालमा बेडको अभाव, अक्सिजनको अभाव, भेन्टिलेटरको अभाव तथा चिकित्सक, स्वास्थ्यकर्मीको समेत प्रतिष्ठानमा अभाव रहेको जनगुनासो आईरहेको छ । प्रतिष्ठानमा हाल आइसियु र डायलाइसिसको हालसम्म विस्तार हुन सकेको छैन । राजनीतिक दलहरुका अनुसार प्रतिष्ठानका पदाधिकारी कमिसन भ्रष्टाचारमै लिप्त रहेको आरोप छ ।


वीपी प्रतिष्ठान सुधारिनुपर्ने अभियानमा धरानका राजनीतिक दलहरु लागेको नेकपा माओवादी केन्द्रका धरान संयोजक फोकाहाङ सुब्बा (चोत्लुङ) ले बताए । प्रतिष्ठान सञ्चालक परिषदको सदस्य भएको नाताले प्रतिष्ठानका सबै खाले विकृति, विसंगति, लापरवाही, भ्रष्टाचार, अनियमितताको अन्त्य गर्दै गुणस्तरीय सेव प्रदान हुनुपर्ने विषयको ज्ञापनपत्र बुझाइएको कांग्रेसका जिल्ला सचिव सुजेन्द्र गोलेले जानकारी दिए ।
दलहरुले बीपी प्रतिष्ठानमा स्वास्थ्य उपचार सेवामा भएका लापरवाही र भ्रष्टाचारको विषयमा मात्र नभई धरान बजारमा देखिएका महँगीको समेत ज्ञापनपत्र बुझाएका छन् । मेयर राईले ज्ञापनपत्र बुझ्दै कालाबजारी र महँगीको अनुगमन गर्ने जिम्म उद्ययोग बाणिज्य संघलाई दिएको बताए ।

नेपाली कांगे्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पाटी, जनमुक्ति पाटी, संघीय लोकतात्रिक, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत सहित ८ राजनीतिक दलले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button