
विराटनगर, koshipost.com
१ नम्बर प्रदेशमा आज ६ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै २४ घण्टामा ७ सय ८१ जनाले कोरोनालाई जितेर संक्रमणमुक्त भई घर फर्केका छन् । पछिल्लो २४ घण्टामा ६ सय ६३ जना कोरोना संक्रमित थपिएको हो । आज थपिने संक्रमितको संख्या भन्दा संक्रमुणमुक्त भएर घर फर्कनेको संख्या बढेको सामजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ३ सय ४५ पुगेको छ ।
थपिएकाहरु मोरङमा २ सय ७२, सुनसरीमा १ सय ८५, झापामा १ सय ३३, धनकुटामा २५, उदयपुरमा ७, इलाममा ६, ताप्लेजुङमा ३, सोलुखुम्वु, संखुवासभा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ७० महिला र ९४ पुरुष सहित १ सय ६४, सुन्दरहरैचामा ३३, बुढीगंगामा २३, उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ७, कटहरीमा ६, जहदामा ४, धनपालथान, मिक्लाजुङ र ग्रामथानमा ३–३, बेलबारी र सुनबर्षीमा २–२, रतुवामाईमा १ र स्थानीय तह नखुलेका ५ जना छन् । यस्तै, सुनसरीको धरानमा ७५, इटहरीमा ६३, इनरुवामा ९, दुहवी र बर्जुमा ७–७, बराहक्षेत्रमा ६, कोशी गाउँपालिका र गढीमा ३–३, रामधुनी र देवानगञ्जमा २–२, भोक्राहानरसिंह र हरिनगरमा १–१ र स्थानीय तह नखुलेका ६ जना छन् ।
झापाको भद्रपुरमा ६३, विर्तामोडमा १९, दमकमा ११, मेचीनगर र हल्दिबारीमा ८–८, कचनकवल र अर्जुनधारामा ५–५, बा¥हदशी र कनकाईमा ४–४, कमल गाउँपालिकामा ३, गौरीगञ्जमा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ । पहाडी जिल्ला धनकुटाको धनकुटा नगरपालिकामा १६, शहिदभूमीमा ७, पाख्रिवास र चौवीसेमा १–१ जना छन् भने उदयपुरको त्रियुगामा २, चौदण्डीगढी र बेलकामा १–१ र स्थानीय तह नखुलेका ३ जना छन् ।
त्यस्तै, इलामको चुलाचुलीमा ३, इलामनगरपालिका, रोङ र सुर्योदयमा १–१, ताप्लेजुङको श्रीजंगामा १ र स्थानीय तह नखुलेका २ जना छन् । यस्तै,सोलुखुम्वुमा १ जना, संखुवासभाको पाँचखपन, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको साकेलामा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५८ हजार ७ सय ४२ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ४ सय ९४ रहेको मन्त्रालयले जनाएको छ ।