समाचारस्वास्थ्यहेडलार्इन

१ नम्बर प्रदेशमा एक हजार बढीले कोरोनालाई जिते, ७१८ कोरोना संक्रमित थपिए


विराटनग kosshipost.com

१ नम्बर प्रदेशमा आज १ हजार ४२ जनाले कोरोलाई जितेर निको भई घर फर्केका छन् । पछिल्लो २४ घण्टामा १ हजार ४२ जना कोराना संक्रमित निको भएको सामजिक विकास मन्त्रालयले जनाएको छ ।


संक्रमणमुक्त हुनेमा ४ सय ४१ महिला र ६ सय १ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । सबैभनदा बढी मोरङबाट ५ सय ४५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ४ सय ३० पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३ सय २ जना, झापामा २ सय ९३, सुनसरीमा ४५, इलाममा २७, सोलुखुम्वुमा १३, धनकुटामा ७, उदयपुरमा ४, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या २० हजार १ सय ५ जना रहेको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ७१ महिला र ९६ पुरुष सहित १६७, सुन्दरहरैचामा २६, पथरीशनिश्चरेमा २३, केराबारीमा २०, सुनबर्षी, उर्लाबारी र बुढीगंगामा १०–१०, रतुवामाई र लेटाङमा ९–९, कटहरीमा ५, जहदामा ४, रंगेलीमा ३, बेलबारी र ग्रामथानमा २–२, धनपालथान र कानेपोखरीमा १–१ जना संक्रमित थपिएका छन् ।


यस्तै, झापाको विर्तामोडमा ७४, भद्रपुरमा ३८, बुद्धशान्ति र अर्जुनधारामा ३३–३३, कनकाईमा २८, मेचीनगरमा २१, दमकमा १५, शिवसताक्षीमा १४, बा¥हदशीमा १२, कचनकवल र गौरीगञ्जमा ५–५, हल्दिबारीमा ४, कमल गाउँपालिका र झापा गाउँपालिकामा ३–३, गौरादहमा १ र स्थानीय तह नखुलेका ४ जना छन् । सुनसरीको इटहरीमा १६, हरिनगरमा ८, दुहवीमा ६, रामधुनी, देवानगञ्ज र बर्जुमा ३–३, गढी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा २–२ जनामा संक्रमण पुष्टि भएको छ । इलामको माईजोगमाईमा ९, इलाम नगरपालिकामा ७, चुलाचुलीमा ४, सुर्योदयमा १ र स्थानीय तह नखुलेका ६ जना रहेका छन् ।


त्यस्तै, सोलुखुम्वुको नेचासल्यानमा ७, माप्य दुधकोशीमा ६, धनकुटाको धनकुटा नगरपालिकामा ४, छथर, पाख्रिवास र चौवीसेमा १–१, उदयपुरको रौतामाईमा १ र स्थानीय तह नखुलेका ३, खोटाङको बराहपोखरी, ऐसेलुखर्क र दिक्तेल रुपाकोट मझुवागढीमा १–१ जना रहेहका छन् । यसैगरी पाँचथरको, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५९ हजार ४ सय ६० जना पुगेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button