
विराटनगर koshipost.com
१ नम्बर प्रदेशमा अजा ९ सय ८२ जना कोरोना संक्रमितले कोरोनालाई जितेका छन् । पछिल्लो २४ घण्टामा ९ सय ८२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको हो । संक्रमणमुक्त हुनेमा ४ सय ३७ महिला र ५ सय ४५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सवैभन्दा बढी मोरङबाट ४ सय ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ४ सय ११ पुगेको छ । त्यस्तै, प्रदेश १ मा आज ७ सय ६४ जना संक्रमित थपिएका छन् । सुनसरीमा ३ सय १, मोरङमा २ सय २, झापामा १ सय २२, पाँचथरमा ७०, खोटाङमा १६, इलाममा १०, संखुवासभामा ६, धनकुटामा ५, उदयपुरमा २, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
सुनसरीको इटहरीमा १ सय ३६, धरानमा ९०, बराहक्षेत्रमा ३३, दुहवीमा ११, इनरुवामा ८, गढीमा ५, बर्जुमा ४, रामधुनीमा ३, देवानगञ्ज र भोक्राहानरसिंहमा २–२, कोशी गाउँपालिका र हरिनगरमा १–१, स्थानीय तह नखुलेका ५ जना छन् । मोरङको विराटनगरमा १ सय ५३, बुढीगंगामा ९, उर्लाबारीमा ८, जहदामा ७, लेटाङ, सुन्दरहरैचा, पथरीशनिश्चरे, ग्रामथान र स्थानीय तह नखुलेका ३–३, केराबारी, धनपालथान, कटहरी र रंगेलीमा २–२, मिक्लाजुङ र बेलबारीमा १–१, झापाको दमकमा ६६, मेचीनगरमा १८, भद्रपुरर विर्तामोडमा ९–९, कनकाईमा ४, शिवसताक्षीमा ३, कचनकवलमा २, बा¥हदशी, गौरीगञ्ज, झापा गाउँपालिका र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ७ जनामा संक्रमण देखिएको विकास मन्त्रालयले जनाएको छ ।
यस्ते, पाँचथरको फिदिममा ६३, फालेलुङमा ४ र हिलिहाङमा ३, खोटाङको खोटेहाङमा १६, इलामको इलाम नगरपालिकामा ४, चुलाचुली र माई जोगमाईमा ३–३, संखुवासभाको खाँदबारीमा ४ र स्थानीय तह नखुलेका २, धनकुटाको पाख्रिवास र धनकुटा नगरपालिकामा २–२ र स्थानीय तह नखुलेका १, उदयपुरको उदयपुरगढीमा २, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६० हजार २ सय २४ पुगेको छ । सक्रियसंक्रमितको संख्या १९ हजार ८ सय ८० पुगेको छ ।