समाचारसूचना प्रबिधिहेडलार्इन

सर्वोच्च अदालतको ‘फुल कोट’को बैंठक बस्दै, निषेधाज्ञा लम्बिँदै जाँदा अदालतले सेवा प्रवाहलाई व्यवस्थित गर्नेबारे छलफल


काठमाण्डौं koshipost.com

सर्वोच्च अदालतको पूर्ण बैंठक बस्दै छ । कोरोनाबाट संकुचित सेवा विस्तारलगायतका विषयमा छलफलका लागि आज (शुक्रबार) आज सर्वोच्च अदालतको पूर्ण बैठक बस्ने भएको हो । छलफलमा २० न्यायाधीश सहभागी हुनेछन् । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले कोभिडबाट संकुचन भएको सेवा प्रवाह व्यवस्थित गर्ने कुरा मुख्य एजेण्डा भएको जानकारी दिए ।

सर्वोच्चले हाल कोभिडका कारण सार्वजनिक सरोकारका रिट निवेदन, र थुनावा रहेका निवेदनहरुको सुनुवाइ गरिरहेको छ । निषेधाज्ञा लम्बिँदै जाँदा अदालतले सेवा प्रवाहलाई व्यवस्थित गर्नेबारे छलफलका लागि पूर्ण बैठक बस्न लागेको प्रवक्ता ढकालको भनाइ छ ।

फुल कोर्टुको बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनको विषय प्रवेश पाउने बुझिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालत बार एशोसिशनका पदाधिकारीबीच संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन लगायतबारे सहमति भएको थियो ।

सुंवैधानिक इजलास गठनपछि विवाद भएको थियो । विवाद पछि हालै वरिष्ठतम न्यायाधीश रहनेगरि नियमावली संशोधनमा सहमति भएको थियो । उक्त सहमति अनुसार नियमावली संशोधनको प्रक्रिया फूल कोर्टबाट अघि बढ्नेछ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button