
धरान koshipost.com
स्वाच्छ हावाले १० वर्ष आयु बढाउछु भन्दै धरानको जंगल बिचैमा लिम्बुले कुखुरा व्यवसाय शुरु गरेको छ । धरान उपमहानगरपालिका –४ पत्राङ्बारी सिरान (सालघारी) जंगलको बिचैमा मङ्गलसिंह आङबुहाङ (लिम्बू) ले अर्गानिक लोकल कुखुरा व्यवसाय शुरु गरेको हो । व्यवसाय थालनी गर्दा चिनेजानेकाले छोरा अमेरिका, दाजुभाइ कोही नेता कोही युरोपतिर छन् मङ्गलसिंह चाहि यो जंगलको बिचमा किन आएको भन्ने गथ्ये विगतलाई सम्झदै लिम्बुले कोशीपोष्ट डटकम संगको कुराकानीमा सुनाए ।
आङबुहाङ एग्रिकल्चर फर्म दर्ता गरेर ०७४ साल देखि व्यवसाय शुरु गरेको लिम्बले बताए । फर्मको वरिपरी जंगल छ । त्यही जङ्गलको बीचमा २७ कठ््ठा ४ धुरमा लिम्बुले व्यवसाय गदै आएको छ । पहिला आफुले जग्गा खरिद गर्दा बाटो र बिजुली नभएकाले बाटो र बिजुली आफ्नै लगानीमा ल्याएको बिम्बुको भनाई छ । ‘कारबारीको जग्गा मैले किनेको हो, यो जग्गा किन्दा यहाँ बाटो बिजुली केही पनि थिएन , त्यसैले मैले जग्गा अलिक सस्तोमा किने बाटो र बिजुली पनि ल्याए अहिले यो जग्गालाई डेढ करोड दिइसक्यो मैले बेच्न मानिन व्यवसाय गर्न भनेर नै यो जग्गा किनेको हुँ मैले ’ लिम्बुले कोशीपोष्ट डटकम संग कुरा गदै भने । उनले फर्ममा बाख्रा बट्टाई, लोकल कुखुरा र टर्की पालेका छन् । लिम्बुको फर्ममा पुगेर झट्टा हेर्दा चारैतिर जंगलले ढाकेको छ । उनको फर्मको टपमा पुगेर धरान तिर नगर लगाउँदा धरान आखै अगाडी भएको जस्तो महशुष हुन्छ ।
‘युवाहरु विदेशतिर आर्कषित बनीरहेका छन् । म पनि साउदीमा १४ बर्ष बसेर आएको हँु, त्यहाँ बस्दा अरुको अण्डरमा बस्नु पर्ने अरुले अराएको काम सधै गर्नु पर्ने भने जस्तो कमाई पनि नहुने त्यसैले आफ्नै देशमा केही व्यवसाय गरौं भन्ने सोच लिएर नेपाल फर्के अझै ५ वर्ष म उतै काम गथ्ये मेरो पहाड ताप्लेजुङ हो । यस्तो व्यवसाय त्यहाँ गरेर बजार नहुने बजारमा गर्दा धुलो धुवाँले स्वास्थ्यमा असर गर्ने त्यसैले यो जंगलको स्वाच्छ हावामा आयु बढाउदै अर्गानिक व्यवसाय गर्न धरान नजिकैको यो जंगल बिचमा आएको हँु ’ लिम्बुले विदेशको दुःख सम्झदै व्यवसाय शुरुवात गर्नुको कारण सुनाए ।
लिम्बुले कुखुरा बाख्रा व्यवसाय संगै कृषि पनि गदै आएका छन् । उनले हरियो लहरे तरकारी देखि अदुवा लसुन त्यस्तै गोलभेडा,रामभेडा र हरियो सागसब्जीको समेत खेती गरीरहेका छन् । विदेशमा दुःख गरेर फर्केकाहरुले आफुले जस्तै कुखुरा बाख्रा पालनमा लागे फाईदा हुने लिम्बु बताउछन् । उनले एग्रो टुरिजमलाई जोड्दै व्यवसायलाई बढाउदै लैजाने र भविष्यमा विदेशीने युवा युवतीलाई स्वरोजगार बनाउने लक्ष्य लिएको बताए ।