समाचारस्वास्थ्यहेडलार्इन

संक्रमितको अवस्था बुझ्न घर–घरमा पुग्दै महालक्ष्मीका जनप्रतिनिधी

[mashshare]

यानिन्द्र तिगेला लिम्बु ,धनकुटा

यतिबेला विश्वरभर नै नयाँ भेरियन्ट सहितको कोभिड–१९ कोरोना भाइरसको महामारीले अक्रान्त बनिरहेको अवस्था छ । नेपालमा पनि यसको दोस्रो लहर शुरु भएसँगै संक्रमितलाई भेट्न र छुन परिवारकै सदस्यहरु समेत डराईरहेको बेला महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिहरु भने संक्रमितको घर–घरमा पुग्ने कार्यलाई प्राथमिकता दिइरहेका छन् ।

नगरपालिका नगरप्रमुख पर्शुराम नेपाल र उपप्रमुख मञ्जुकुमारी अधिकारी सहितको टोलीले संक्रमितको घर–घरमा पुग्ने कार्यलाई प्रथामिकता दिनु भएको हो । होमआइसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्न उहाँहरु घर–घरमा पुग्नु भएको छ । संक्रमितसँग भौतिक दुरी कायम गरी भेट गरेर खानेकुरा र स्वास्थ्य सामाग्री वितरण गरिएको नगरप्रमुख नेपालले जानकारी दिनु भयो ।

संक्रमितहरुको आत्मबल बलियो होस् र स्वास्थ्य परामर्श दिनका लागि घर घर पुगेका हौं मेयर नेपाल भन्नु हुन्छ । कोरोना संक्रमण बढ्दै गएकोले धेरै संक्रमितहरु घर–घरमै ‘होम आइशोलेसन’ बसिरहेकाले संक्रमितहरुको घरमा पुगेर रोगसँग लड्ने हौसला प्रदान गर्ने अभियान चलाइएको पनि उहाँले जानकारी गराउनु भयो । मेयर नेपालका अनुसार अधिकांश कोरोना संक्रमितहरु होम आइसोलेशनमा बस्नु भएकोले उहाँहरुको स्वास्थ्य अवस्थाका बारेमा सोधपुछ गर्ने, सावधानी अपनाउँनु पर्ने कुरा स्वास्थ्यकर्मीहरुमार्फत बताउँन लगाउँने र उहाँहरुलाई औषधि, स्वास्थ्य सामाग्रीसहित केही खानेकुरा पनि दिने गरेका छौं,’। जसले गर्दा संक्रमितहरुमा निरासा कम भई हौसला बढ्ने र रोगसँग लड्ने आत्मावल बढ्ने ठानेर यो अभियान चलाईएको उहाँको कथन छ ।

संक्रमितहरुलाई भेट्न मेयर नेपाल, उपमेयर अधिकारी, स्वास्थ्य शाखा प्रमुख पर्शुराम थापा, जनस्वास्थ्य अधिकृत डिल्लीराम श्रेष्ठ र मेयरका सचिवालय प्रमुख विष्णु दाहाल गाउँ–गाउँ पुग्नु भएको हो । प्रत्येक संक्रमितका घरमा पुगेर सेनिटाइजर, मास्क, डावर च्यवनप्राश, हर्लिक्स, र आवश्यक औषधि दिईएको पनि मेयर नेपालले जानकारी दिनु भयो । हरेक संक्रमितको घर–घरमा पुगेर भौतिक दुरी कायम गरी संक्रमितहरुसँग कुराकानी गर्ने र सामाग्री प्रदान गर्ने गरिएको उपमेयर मञ्जु अधिकारीले जानकारी गराउनु भयो । महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुरबाट यो अभियानलाई सबै वडामा पुगेर उनीहरुसँग भेटघाट गरी सामाग्री प्रदान गरिएको हो ।

हालक्षमी नगरपालिकाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउँने उद्धेश्यले होमियोप्याथिक औषधि पनि निःशुल्क वितरण गरिसकेको मेयर नेपालले जानकारी दिनु भयो । संक्रमितका लागि जितपुरमा अक्सिजनसहितको आइसोलेशन सेन्टर र संक्रमितलाई अस्पताल पुयाउँनका लागि एम्बुलेन्सको निःशुल्क व्यवस्था गरिएको उहाँले जानकारी दिनु भयो । नगरबासीमा कोरोना संक्रमण पुष्टि भई गंम्भीर अवस्था भएर आइसोलेशनमा उपचार गराउँनु जाँदा २५ हजारका दरले आर्थिक सहयोग पनि उपलब्ध गराइदै आएको मेयर नेपालले जानकारी दिनु भयो ।

महालक्ष्मीमा पिसिआर र एन्टीजेन परीक्षण महालक्ष्मी नगरपालिका भरि महिला ९७, पुरुष १ सय १४ गरी हालसम्म २ सय १२ जनालाई कोरोना संक्रमण देखिएको छ । भने १ जनाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको र बाँकी सबै जना निको भएको स्वास्थ्य शाखा प्रमुख पर्शुराम थापाले जानकारी दिनु भयो । स्वास्थ्य शाखा प्रमुख थापा अनुसार आवश्यकता अनुसार एन्टीजेन परीक्षणलाई तिब्रता दिइने जानकारी दिनु भयो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button