सूचना प्रबिधिहेडलार्इन

सप्तकोशी ब्यारेजको १२ ढोका खुला

इनरुवा koshipost.com

सप्तकोशी व्यारेजको १२ वटा ढोका खुला गरिएको छ । मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला खुला गरिएको हो । अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् ।


उनले भने–‘पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था छैन । नदी किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन गरिरहेका छौँ । अहिलेसम्म कोशीले खतराको तह पार गरेको छैन् ।’ सप्तकोशीमा मिसिने एक प्रमुख नदी इन्द्रावतीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र ढुवानमा परेको छ भने ठूलो जनधनको क्षति भएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button