
सिन्धुपाल्चोक koshipost.com
सिन्धुपाल्चोक वाढीमा १६ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सिन्धुपाल्चोकमा बाढीले बगाएर १६ जना बेपत्ता भएका छन् । बाढीका कारण सिन्धुपाल्चोकमा ज्यान गुमाएका २ जना चिनियाँ नागरिकको पहिचान खुलेको छ ।
चिनियाँ नागरिक २२ वर्षीय गोङ्ग तियानजिओ र ४८ वर्षीय यु चि झुको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका ह्न् । गोङ्ग तियानजिओको शव इन्द्रावती गाउँपालिका–११ स्थित नदी किनारमा फेला परेको थियो ।
बाढीले बगाएर लगेको यु चि झुको शव सिन्धुलीमा फेला परेको थियो । बुधवार बिहान बलेफी गाउँपालिकास्थित ब्रह्मायणी नदीमा पनि करिब ७ वर्षीय बालिकाको शव फेला परेको थियो । सो शव स्वभाविक मृत्युपछि गाडेको र बाढीले उतारेको हुनसक्ने डिएसपी सापकोटाले बताए ।