समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा १२९९ कोरोना संक्रमणमुक्त, ३९३ संक्रमित थपिए

[mashshare]

विराटनगर, koshipos.com
प्रदेश १ मा आज १ हजार २ सय ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५ सय ५५ महिला र ७ सय ४४ पुरुष रहेका छन् । हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५२ हजार ३ सय ७३ पुगेको छ । यस्तै, ३ सय ९३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा ३९, ते¥हथुममा १३, उदयपुरमा ९, इलाममा ७, संखुवासभा र धनकुटामा ३–३, भोजपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८३, सुन्दरहरैचामा २०, उर्लाबारीमा ६, पथरीशनिश्चरे र बेलबारीमा ५–५, केराबारी र लेटाङमा ४–४, मिक्लाजुङ, कटहरी, रंगेली र बुढीगंगामा ३–३, रतुवामाई र ग्रामथानमा २–२, कानेपोखरी र जहदामा १–१ जना संक्रमित थपिएका छन् । सुनसरीको धरानमा ४५, इटहरीमा ३०, दुहवीमा ४, बराहक्षेत्रमा ३, देवानगञ्ज, रामधुनी र इनरुवामा २–२, गढी कोशी गाउँपालिका र बराहक्षेत्रमा १–१ जना थपिएका छन् ।

झापाको विर्तामोडमा १५, हल्दिबारीमा १०, मेचीनगर र कनकाईमा ८–८, अर्जुनधारा र दमकमा ६–६, भद्रपुर र शिवसताक्षीमा ४–४, कमल गाउँपालिकामा २, कचनकवल, बुद्धशान्ति, बा¥हदशी र गौरादहमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यसैगरि पाँचथरको फिदिममा ३९, ते¥हथुमको म्याङलुङमा १३, उदयपुरको कटारी र चौदण्डीगढीमा ३–३, त्रियुगामा २ र बेलकामा १, इलामको सूर्योदय र रोङमा २–२, इलाम नगरपालिका, चुलाचुली र माईमा १–१ जना छन् ।

संखुवासभाको खाँदबारी, मादि र चैनपुरमा १–१, धनकुटाको धनकुटा नगरपालिकमा २ र छथरमा १, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ६७ हजार २ सय २८ पुगेको छ । संक्रिय संक्रमितको संख्या १३ हजार ७ सय ८३ रहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button