जीवन शैलीसमाचार

धनकुटा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष श्रेष्ठ अस्ताए

धनकुटा koshipost.com
धनकुटा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सभापति धर्मलाल श्रेष्ठको निधन भएको छ । नेपाली कांग्रेस धनकुटाको जिल्ला कार्य समितिका निर्वाचित सदस्य तथा नेपाल नेत्र ज्योती संघका सभापति धनकुटा उद्योग बाणिज्य संघका पूर्व कोषाध्यक्ष रोशेष श्रेष्ठका पिता धर्मलालको हिजो निधन भएको हो । उनी नेपाली कांग्रेस धनकुटाको अभिभाव, समाजसेवी धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत थिए । धर्मलालकोे पार्थिव शरीरमा विश्रान्ती मन्दिर स्थित मुलघाटको तमोर नदीमा पाटीको चार तारे झण्डा ओढाएर सम्मान गर्दै अन्तिम श्रद्धाञ्जली गरी अन्त्यष्टि गरिएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।


धर्मलालको पार्थिव शरीरमा नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,जिल्ला सदस्य महोन वान्तवा,जिल्ला सदस्य तथा धनकुटा नगर कार्य समितिका पूर्व सभापति पुरेन्द्रलाल श्रेष्ठ,जिल्ला कार्यसमितिका पूर्व सहसचिव राजन पौडेल,धनकुटा नगर कार्य समितिका उपसभापति मिलन नेवा खड्गीले पाटीको झण्डा ओढाएर सम्मान गर्दै अन्तिम श्रद्धाञ्जली दिएका थिए ।


उनको ७९ बर्षको उमेरमो निधन भएको परिवारले जनाएको छ । धर्मलालको श्रीमती गिता श्रेष्ठ,छोरी रोशी श्रेष्ठ र छोरा रोशेष श्रेष्ठ रहेका छन् । श्यावस प्रश्वास समस्याका कारण विरामी भई बुबाको निधन भएको उनको छोरा रोशेष श्रेष्ठले जानकारी दिए ।

स्वर्र्गीय धर्मलालले केही समय शिक्षण पेशालमा संलग्न भई अधिकांश समय समाजिक क्षेत्रमा खर्चिएको पाटीका जिल्ला सचिब विजयसन्तोशी राईले जानकारी दिए । धनकुटा उद्योग बाणिज्य संघमा २०५८ साल देखी २०६२ साल सम्म दुई कालयकाल अध्यक्षमा निर्वाचित भई कुशलतापूर्वक नेतृत्व गरेको वाणिज्य संघका अध्यक्ष तथा कांग्रेसका जिल्ला सचिब राईले बताए ।


स्वार्गीय धर्मलालमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना समेत व्यक्त गरिएको पाटीका जिल्ला सचिव राईले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button