
विराटनगर, koshipost.com
प्रदेश १ मा आज १ हजार ७ सय ४० जनाले कोरोनालाई जितेर संक्रमणमुक्त भएका छन् । केही दिन यता प्रदेश १ मा कोरोनाबाट निको हुने संख्या बढ्दै गएको हो । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४० जना संक्रमणमुक्त,भएका छन् भने ३ सय ७१ जना संक्रमित थपिएको सामजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमणमुक्त हुनेमा ७ सय ७७ महिला र ९ सय ६३ पुरुष रहेका छन् । मोरङमा ६ सय ८३ जना संक्रमणमुक्त भएको मन्त्रालयको जनाएको छ । यो संगै संक्रमणमुक्त हुनेको कुल संख्या ५४ हजार १ सय १३ पुगेको छ ।
यस्तै, आज थपिएका संक्रमितहरु मोरङमा १ सय ५२, सुनसरीमा १ सय २, झापामा ७२, इलाममा ७, पाँचथर, तेह्रथुम र भोजपुरमा ५–५ जना छन् । त्यस्तैगरी संखुवासभामा ४, धनकुटामा २, ताप्लेजुङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ७८, बेलबारीमा २७, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचा र उर्लाबारीमा ७–७, बुढीगंगामा ५, सुनबर्षी र कटहरीमा ४–४, केराबरी र रतुवामाईमा २–२, ग्रामथान, जहदा, लेटाङ, मिक्लाजुङ र रंगेलीमा १–१ जना छन् ।
यता सुनसरीको धरानमा २९, इटहरीमा २८, बराहक्षेत्रमा २२, दुहवी र रामधुनीमा ६–६, गढीमा ४, इनरुवामा ३, बर्जुमा २, हरिनगर र भोक्राहामा १–१ जना थपिएका छन् । यस्तै, झापाको विर्तामोड र मेचीनगरमा १६–१६, भद्रपुरमा १४, कनकाईमा ९, दमकमा ७, गौरादहमा ५, अर्जुनधारामा ३, हल्दिबारी र बुद्धशान्तिमा १–१ जनामा कोरोना पुष्टि भएकोे मन्त्रालयले जनाएको छ ।
त्यस्तै, इलामको इलाम नगरपालिका र सूर्योेदयमा २–२, माई, चुलाचुली र रोङमा १–१, पाँचथरको हिलिहाङमा १ र स्थानीय तह नखुलेका ४, तेह्रथुमको म्याङलुङमा ३ र स्थानीय तह नखुलेका २ जना छन् । भोजपुरको भोजपुर नगरपालिकामा ३ र अरुणमा २, संखुवासभाको सभापोखरी र चैनपुरमा २–२, धनकुटाको छथर र चौविसेमा १–१, ताप्लेजुङको फुङलिङ र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६७ हजार ५ सय ९९ पुगेको छ । सक्रिय संक्रमितका संख्या १२ हजार ४ सय २ रहेको मन्त्रालयले जनाएको छ ।