छथरजोरपाटीका जनप्रतिनिधि कोरोना संक्रमितलाई भेट्न घर–घर पुगे

धनकुटा/यानिन्द्र तिगेला लिम्बु koshipost.com
कोरोना संक्रमण गाउँ गाउँमा फैलिएपछि त्रासको मानसिकतामा रहेका संक्रमितलाई भेट्न छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बु र उपाध्यक्ष भिमकला श्रेष्ठ घर–घरमा पुग्नु भएको छ ।
गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संक्रमितह?को मनोबल उच्च बनाउनका लागि अध्यक्ष र उपाध्यक्षको टोली गाउँ गाउँमा पुगेको हो । साथै संक्रमितलाई उपचारमा जानका लागि निशुल्क ?पमा गाडी समेत उपलब्ध गराउने गरिएको गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले जानकारी दिनु भयो । होम आईसोलेसनमा रहेका कोरोना संक्रमितहरुको घर–घरमा पुगी स्वास्थ्य सामाग्री बितरण गरेर हौसला बढाउने काम भएको उहाँले जानकारी दिनु भयो
पालिकाका अध्यक्ष शेरबहादुर लिम्बूको नेतृत्वमा उपाध्यक्ष भिमकला श्रेष्ठ, स्वास्थ्य शाखाका प्रमुख सुन्दरमान डंगोल, स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा वडा अध्यक्षहरुको टोलीले कोरोना संक्रमितहरुको घरदैलोमा पुगेर अन्डा, मास्क, सेनिटाइजर, थर्मोमिटर, साबुन, भिटामिन क्याप्सुल, सिटामोल लगायतको औषधि समेत प्रदान गरेको स्वास्थ्य प्रमुख डंगोलले जानकारी दिनु भयो । होम आईसोलेसनमा रहेका बिरामीह?लाई अध्यक्ष लिम्बूले सुरक्षित रहेर आफ्नो स्वास्थ्यको ख्याल गर्न र आबश्यक परेमा पालिकासंग सहयोग माग्न तथा स्वाब परिक्षण गर्न आउन आग्रह गरिएको उहाँले जानकारी दिनु भयो ।
पालिका अध्यक्ष तथा जनप्रतिनीधिह? दुःुखको समयमा आएर स्वास्थ्य स्थितिको बारेमा चासो लिएकोमा आफूह?लाई हौसला मिलेको भन्दै बिरामीह?ले खुशी ब्यक्त गरेका छन् । ‘बिरामी भएको बेला अध्यक्ष सहित जनप्रतिनिधि आउँदा आफूह?लाई खुशी लागेको संक्रमितह?ले बताए । नयाँ संक्रमित भएका विरामीह?को घरमा जान बाँकी रहेको पनि पालिका अध्यक्ष शेर बहादुर लिम्बुले जानकारी दिनु भयो । कोरोना रोकथाम र नियन्त्रणका लागि पालिकाले सक्दो प्रयास गरिरहेको र आम सर्वसाधार जनताले पनि स्वास्थ्य मन्त्रालयले तोको मापदण्ड पूरा गर्नु पर्नेमा जोड दिनु भयो ।
अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परेमा पनि नाक, मुख छोपिने गरी मास्क प्रयोग गर्न र भौतिक दुरी कायम गर्नु आग्रह गर्नु भयो । छथरजोरपाटी गाउँपालिकामा बैशाख यता २ सय ९२ जनाको पिसिआर परीक्षण गर्दा ५५ पु?ष र ४३ जना महिला गरी ९८ जनामा कोरोना पोजेटिभ देखिएका थियो । पछिल्लो चरण १ सय ३५ जनाको एन्टिजेन परीक्षण गर्दा २० पु?ष र १८ जना महिलामा कोरोना पोजेटिभ देखिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनु भयो । अहिलेसम्म ९७ जनो निको भएको र २ जनाको मुत्यु भएको छ भने बाँकी होम आइशोलेसनमा रहेको पालिकाका सूचना अधिकारी नेत्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।