समाचारसूचना प्रबिधिहेडलार्इन

सुनसरीमा फेरि एक साता निषेधाज्ञा थपियो (आदेश र निर्णयसहित)

धरान,koshipost.com
सुनसरीमा फेरि १ हप्ता सम्म निषेधाज्ञा थपिएको छ । असार १४ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो । सोमबार मध्यराति १ बजेदेखि लागू हुने गरी थप गरिएको निषेधाज्ञा अवधिमा पसलहरु बिहान ५ बजेदेखि १२ बजेसम्म खुल्ला गर्ने तर पसलहरुमा भीडभाड हुन नदिइने जनाइएको छ ।


जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर सबै प्रकारका पसलहरु बिहान ५ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्न पाउने जनाइएको छ । निषेधाज्ञा अवधिमा गुद्री बजार, हाट बजार, सब्जीमण्डी, होटल, रेष्टुरा, पार्टी प्यालेस पनि बन्द हुनेछ भने सैलुन, ब्युटीपार्लर, जिमखना, फुटशल, रंगशाला, कभर्ड हल र लामो तथा छोटो दुरीको निजी, भाडाका सार्वजनिक यातायातहरु पनि बन्द हुनेछन् । होटल तथा रेष्टुरेण्टले होम डेलिभरी साथै टेक अवे सर्भिस दिन पाउने जनाइएको छ भने चिया पसल खोल्न पाइने छैन ।


प्रशासन कार्यालयमा बसेको डिसिसीएमको बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिए । ‘खासमा सबै जनप्रतिनिधि सम्मिलित बैठकले नै यस्तो निर्णय भएको हो’, उनले भने । पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि सोमबार सकिँदैछ । कोरोना भाइरस महामारीको नियन्त्रण तथा रोकथामका लागि सुनसरीमा वैशाखदेखि लगातार निषेधाज्ञा भइरहेको छ । सरकारले पछिल्लो एक सातादेखि सुनसरीमा निषेधाज्ञा केही खुकुलो बनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button