
विराटनगर,koshipost.com
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६५७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ सय ८७ महिला र ३ सय ७० पुरुष रहेका छन् । योसग प्रदेश १ मा ५६ हजार ५ सय १९ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै, प्रदेश १ मा ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार झापामा १ सय १९, सुनसरीमा ९३, मोरङमा ९२, पाँचथरमा १४, संखुवासभा र इलाममा ८–८, धनकुटामा ६, भोजपुर र उदयपुरमा ५–५, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएकोछ ।
सुनसरीको धरानमा ४७, इटहरीमा २६, दुहवी र बराहक्षेत्रमा ५–५, रामधुनीमा ३, इनरुवामा २, कोशी गाउँपालिका, बर्जु, देवानगञ्ज गढी र स्थानीय तह नखुलेका १–१ जना छन् भने मोरङको विराटनगरमा ४६, बेलबारीमा १५, पथरीशनिश्चरेमा ११, बुढीगंगा, उर्लाबारी र रतुवामाईमा ४–४, सुन्दरहरैचामा ३, सुनबर्षी, रंगेली, ग्रामथान, जहदा र कटहरीमा १–१ जनामा संक्रण्मा देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, झापाको मेचीनगरमा २३, विर्तामोड र भद्रपुरमा १९–१९, दमकमा १६, शिवसताक्षीमा १०, कनकाई र अर्जुनधारामा ९–९, बुद्धशान्तिमा ८, बा¥हदशीमा २, हल्दिबारी, कचनकवल र कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जना छन् । त्यस्तै, पाँचथरको फिदिममा १४, संखुवासभाको खाँदबारीमा ७ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ५, रोङमा २ र सन्दकपुरमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, साघुरीगढीमा २ र महालक्ष्मीमा १, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका २–२, षडानन्दमा १, उदयपुरको बेलका, कटारी, त्रियुगामा १–१ र स्थानीय तह नखुलेका २, ताप्लेजुङको सिदिङ्वा र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ११ जनामा कोरोना पुष्टि भएको सामजिक विकास मन्त्रालयले जनाएको छ ।