
काठमाण्डौं,koshipost.com
पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । १४ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७ सय २१ र एन्टिजेन विधिबाट ७ सय ५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
आज ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका छन् भने थप २७ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । हाल सम्म ८ हजार ९ सय ४५ जनाले ज्यान गुमाइसकेका छन् ।नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ७ सय ९४ रहेको छ ।