समाचारस्थानीयहेडलार्इन

धरानमा नयाँ प्रहरी उपरिक्षक कुँवरको हाजिर,प्रहरी उपरिक्षक बस्नेतलाई बिदाई

धरान,koshipost.com
धरान ईलाका प्रहरी कार्यालयमा नयाँ प्रहरी उपक्षिकर नरेन्द्र कुँवर हाजिर भएका छन् । इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतको सरुवा भएपछि धरानमा नयाँ प्रहरी उपरिक्षक (डिएसपी) नरेन्द्र कुँवर इलाका प्रहरी कार्यालय धरानको जिम्मेवारी सम्हाल्न आएका हुन् ।


आइतबार दिउँसो ४ बजे धरान आएका नयाँ प्रहरी उपरिक्षक (डिएसपी) कुँवरलाई इलाकाका गेटमा प्रहरी उपरिक्षक (डिएसपी) बस्नेत ,प्रहरी निरिक्षक (इन्स्पेक्टर) हेमराज ओली र जनप्रतिनिधि धरान १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले लगायतको ईलाका प्रहरी टोलीले खँदा तथा फूलको गुच्छाले स्वागत गरेका थिए ।


उपरिक्षक कुँवर संघीय इकाई प्रहरी कार्यालय धरानमा कार्यरत हुँदै पूर्व क्षेत्र मोरङको रंगेली, पाँचथरमा प्रहरी कमान्ड समेत समाल्दै आएका र अख्तियार अनुसन्धानमा समेत कार्य गरीसको छन् । स्वागत कार्यक्रममा बोल्दै उपरिक्षक कँुवरले भने धरानको समस्यालाई मैले केही मात्रामा बुझेको तर्सथ धरानको काम, कार्य सहजता हुने विश्वास लिएको छु ।


प्रदेश २ को प्रहरी गणबाट सरुवा भई कुँवर धरान ईलाका आएका हुन् । धरान ईलाकामा रहेका प्रहरी उपरिक्षक (डिएसपी) बस्नेत प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सरुवा भएका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button