अर्थ खबरसमाचारहेडलार्इन

आन्तरिक उडान सञ्चालनमा, पहिलो दिन यात्रुकोे चापाचाप

काठमाडौं, koshipost.com

आन्तरिक उडान सञ्चालनमा ल्याइएको छ । करिब २ महिना लामो बन्दाबन्दीले रोकिएको उडान बिहीबार (आज) देखि सञ्चालनमा ल्याईएको हो । उडान खुलेसँगै बिहीबार बिहान देखि नै यात्रुहरुको चापाचाप देखिएको थियो ।


गत असार ७ गतेको सरकारको निर्णय अनुसार कोटा प्रणाली लागू गरी उडान सञ्चालनमा ल्याइएको छ । त्रिभूवन विमानस्थलका अनुसार कुल ६७ उडानका लागि ११ कम्पनीले कोटा प्रणाली अनुसार उडान स्वीकृति पाएका छन् ।


ठूला कम्पनीहरु बुद्ध एयर, यति एयर, श्री एयर र सौर्य एयरले आज विहानै देखि उडान शुरु गरिसकेका छन् भने साना गन्तव्यका उडान भर्ने ८ कम्पनीले उडान शुरु गरेको नियामक निकाय नागरिक उड्यान प्राधिकरणका प्रवक्ता राजेन्द्र क्षेत्रीले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button