समाचारसमाजहेडलार्इन

ब्राउन सुगर र अन्य लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।

[mashshare]

धरान,koshipos.com

धरानमा ब्राउन सुगर र अन्य लागुऔषधसहित ३ जना युवा पक्राउ परेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय धरानको टोलीले हिजो मंगलबार साँझ साढे ६ बजे दुई भिन्न भिन्नै स्थानबाट उनीहरु पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय धरानका अनुसार धरान ८ गैरीटोलका २५ वर्षीय सन्तोष लिम्बुलाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो । उनको घरमा तलासी गर्दा किचन कोठामा लुकाई राखेको ४ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरि बुधबार जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, धरान ८ सेउती पुलदेखि पानबारी जाने पक्की सडकखण्डतर्फ जंगल क्षेत्रमा मोटरसाइकलमा सवार धनकुटा नगरपालिका ९ का २१ बर्षीय सुदिप राई लागुऔषधसहित पक्राउ परेका छन् । प्र(१(०६(००१ प ००१८ नम्बरको मोटरसाइकल कच्ची सडकतर्फ जादै गरेको बेला रोकेर जाँच गर्दा पछाडि सवार रहेका सुदिपको साथबाट लागुऔषध वरामद भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय धरानका अनुसार उनको साथबाट डाइजेल्याब २ एमएल, एभिल २ एमएल, लुपिजेसिक २ एमएल, फेनारगन २ एमएल लेखिएका ५र५ एम्पुल गरि २० एम्पुल वरामद भएको छ । लागुऔषध वरामद भएपछि ओसारपसारमा प्रयोग भएको मोटरसाइकलको चालक धनकुटा ६ का २१ वर्षीय सुमन कार्कीसमेत पक्राउ परेका छन् । उनीहरु दुवैलाई जिल्ला अदालत सुनसरीबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button